साफ फुटबल बंगलादेशमा हुने

काठमाडौं । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ । महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । यस्तै पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन ।(रासस)

सम्बन्धित सामग्री

भारतसँग पराजित भएसँगै नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो

नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा मंगलबार भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । …

साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।  त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

१९ वर्षमुनि (यू–१९)  महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानको सामना गर्ने भएको छ। बंगलादेशको ढाकास्थित सहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ।...

नेपाली फुटबल समर्थक र खेलाडीको मायाले फेरि नेपाल आएँः अलमुताइरी

दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलो पटक फाइनल पु¥याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन २०२४ सम्मका लागि आज औपचारिक रुपमा सम्झौता भएको छ । नेपाल फर्किएपछि पहिलोपटक अबदुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो । साफ च्याम्पियनसिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अलमुताइरी स

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान

सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् ।आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय योगदान दिएवापत  युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरे

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् ।  बुधबार भएको खेल

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन्। बिहीबार ट्विटरमार्फत भण्डारीले साफ फुटबल प्रतियोगिताको इतिहासमा पहिलोपटक फाइनल पुगेकोमा...

प्रधानमन्त्री देउवाद्वारा नेपाली फुटबल टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई  बधाई दिएका छन् । बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिएका छन् । ‘हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’ हार्दिक बधाई तथा शुभकामना !साफ फुट

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

रासस। प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले सो जानकारी दिएका हुन्। उनले नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव पनि दिए।

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार सो प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रशिक्षण दुई […]