नेकपा एसको रणनीति : एमाले र कांग्रेस दुवैतिर ‘बार्गेनिङ’

नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेस दुवैतिर शक्तिका लागि बार्गेनिङ गर्ने रणनीति लिएको छ । बुधबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति बन्नुपर्ने, यदि त्यस्तो सहमति नभए सम्भावित समीकरणमा आफ्नो दल संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादका लागि खुला रहने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

‘प्रचण्डपछिको नेता अहिलेसम्म पार्टीभित्र देखिएकै छैन’

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन हिजोदेखि काठमाण्डौमा सुरु भएको छ । देशका ठूला तथा चर्चामा रहेका नेकपा एमाले, नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि माओवादीको महाधिवेशन सुरु भएको हो ।  माओवादी पार्टीले राष्ट्रिय सम्मेलनको रुपमा २५ समूह बनाएर राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन तथा विधान प्रतिवेदनमाथि छलफल गर्ने भनेर प्रचार गरिरहँदा महाधिवेशन गर्ने निर्णय भएको हो ।  महाधिवेशनबाट पार्टीको आउँदाे योजना, रणनीति तथा कार्यदिशाका साथै नेतृत्व चयन समेत गर्ने ...

एमाले रिझाउँदै कांग्रेस-माओवादी

झापा-१ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा र माओवादी केन्द्र उम्मेदवार सुरेन्द्रकुमार कार्कीको वैचारिक दर्शन छेउटुप्पो मिल्दैन तर चुनाव जित्ने रणनीति एउटै छ- एमाले समर्थकलाई पटक्कै नचिढ्याउने। मेचीनगरको लीलाबस्तीमा सोमबार बिहान घरदैलो गर्दै वाम गठबन्धनका साझा उम्मेदवार कार्कीले एमाले नौमहिने सरकारको गाथा गाउँदै भने, ‘मनमोहन अधिकारीले सुरु गर्नुभएको वृद्धभत्तालाई ५ हजार रुपैयाँ पुर्‍याउँछौं। एमाले र माओवादी…