पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माण सुरु

ललितपुरको पाटन दरबार क्षेत्रमा ढल निर्माण, खानेपानीका पाइपलाइन बिच्छ्याउने र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने कार्यअन्तर्गत एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना काम थालनी गरिएको छ ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)बाट मेलम्ची खानेपानीका पाइपलाइनहरू विच्छ्याउने, पीआइडी अन्तर्गत फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढलका पाइप बिच्छ्याउने काम भइरहेको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणबाट विद्युतका तारहरू भूमिगत गर्न ५ वटा एच.डी.पी.ई. पाइप