सहमहामन्त्री महत भन्छन्- कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुन्छ

काठमाडौं। नेपाली कांग्रेसले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्नेगरी तयारी गर्न सम्वद्ध निकायलाई निर्देशन दिएको छ। आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा वसेको पार्टी पदाधिकारी बैठकले कोरोनाको कारण असहज भएपनि महाधिवेशन सम्पन्न गर्ने गरी काम जारी राख्न भनेको हो। "यो समयमा काम कारबाशी जारी राख्न अप्ठेरो त छ। तर महाधिवेशनको काम जारी राख्ने भन्ने निणर्य भएको हो," सहमहामन्त्री महतले भने।