राष्ट्रियसभा चुनाव: प्रदेश १ बाट जयन्ती राई विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि बुधबार भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।