काठमाडौँ : करिब साढे २ वर्षपछि उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा अहिले निर्वाचन प्रकृया अघि बढेको छ। बैठकको सुरुमा उपसभामुखका लागि प्रस्ताव गरिएपछि अहिले सांसदहरूले आ-आफ्नो उम्मेदवारको पक्षमा मत राख्ने क्रम जारी छ।उपसभामुखको लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराई प्रतिस्पर्धामा छन्। नेकपा एमालेकी सांसद शान्ता चौधरीले उपसभामुखमा विद्या भट्टराईलाई निर्वाचित गरियोस् भनी