प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा ०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर...

सम्बन्धित सामग्री

प्रभु–महालक्ष्मी लाईफको संयुक्त क्यालेन्डर सार्वजनिक

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मंगलवार संयुक्त रूपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर सार्वजनिक गरेका हुन् । गत असार ३० गते मर्जर सम्झौता गरेका यी कम्पनीको भारतीय बीमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढिलो हुँदा एकीकृत कारोबार ढिलो भएको बताइएको छ । दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रूपमा निकालेर मर्जर सम्पन्न हुनेमा थप विश्वास दिलाएको कम्पनीले बताएका छन् । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंको उपस्थिति थियो ।