प्रधानमन्त्री देउवा बाढी पहिरोको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिममा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि बिहीबार गृहप्रदेश सुदूरपश्चिममा आएका छन्। प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि सुदूरपश्चिम आएका हुन्। अहिले प्रधानमन्त्री देउवा डोटीमा बाढी पहिरोले गरेको क्षतिका बारेमा निरीक्षण गरिरहेका छन् । टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गरेका छन् ।  बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण लगायतको कामका लागि राहतका प्याकेज ल्याउन सुझाव दिनुभएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । प्रधानमन्त्रीसमक्ष कृषिलगायतका क्षेत्रमा समेत पुगेको क्षतिबाट प्रभावित जनतालाई सम्बोधन गर्न &

एमसीसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास हुने बताएका छन् । पछिल्लो समय एमसीसीलाई लिएर विवाद भैरहेको बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बाढी/पहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणको लागि सुदूरपश्चिम पुगेका देउवाले आज (शुक्रबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले भनेका छन्,‘एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, […]

बाढीपहिरो पीडितलाई सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

५ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए । बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् । […]

सुदूरपश्चिममा प्रधानमन्त्री : बाढी-पहिरो पीडितलाई के के दिए आश्वासन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लामा बाढी–पहिलो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान ८ बजे प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर निरीक्षणका लागि निस्किएका थिए ।उनीहरूले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी डडेलधुरा, बैतडी र बझाङका बाढी–पहिरो प्रभावित क्षेत्रमा भएको क्षतिको बिफ रिङ र स्थलगत अवलोकन गर

प्रधानमन्त्री देउवाले गरे बझाङको पहिराे प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्रीको साथमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बझाङ पुगेका छन् । यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट […] The post प्रधानमन्त्री देउवाले गरे बझाङको पहिराे प्रभावित क्षेत्रको निरीक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्री देउवा बाढी-पहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण सुरु गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिनुभयो । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्याएकोमा आफू …

दिपायलमा देउवा : बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी दिपालय पुगेका हुन्। दिपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्। आइतवारबाट…

प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्रकाे अवलोकन गर्न सुदूरपश्चिमतर्फ

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि सुदूरपश्चिम जानु भएको छ । बिहान सेनाको हेलिकप्टरमार्फत काठमाण्डौबाट सुर्खेत हुँदै उहाँ सुदूरपश्चिम जानु भएको हो । निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री देउवाले दिपायलमा रहेको सैनिक ब्यारेकमा बिफ्रिङ लिनु हुनेछ । त्यसपछि उहाँले बझाङको थलारा र चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कञ्चनपुर महेन्द्रनगरको अवलोकन गर्नुहुनेछ । उहाँले दोधारा–चाँदनी हुँदै कैलालीको धनगढीको पनि अवलोकन गर्ने तालिका छ । उहाँ भोलि काठमाण्डौ फर्कन...