कांग्रेसको १४ औँ महाधिवेशन : आज प्रदेश सभा क्षेत्रमा निर्वाचन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ । बाँकी प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । प्राविधिक कारणले कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पर्सि ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । पार्टीका गाउँ त...