नेपालको समसामयिक राजनीति गत हप्ता निकै गर्मागर्मी अवस्थामा रह्यो। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षले संसद् अवरुद्ध गर्दै राजीनामासमेत माग्यो। संसद् अवरुद्ध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरेको प्रतिपक्षले संसदीय मर्यादा र प्रतिपक्षको भूमिकामा भने चुक्यो। राष्ट्रिय राजनीति र सत्ता साझेदारीको जोडघटाउमा तलमाथि भएपछि संसद् अवरुद्ध गरेर आफ्ना मागको सम्बोधन गर्ने तरिका नेकपा एमालेको नौलो होइन। यहाँ बहस यो बिन्दुमा केन्द्रित छ कि जननिर्वाचित सर्वोच्च अङ्ग संसद् अवरुद्ध गरेर संसदीय मर्यादाको वकालत गर्ने नैतिकता चाहिँ प्रतिपक्षलाई कहाँबाट प्राप्त हुन्छ। सङ्घीय संसद्को बैठक च