देउवासहित उनका मन्त्रीले उम्मेदवारका लागि भोट माग्न नपाउने

निर्वाचन अयोगले स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले भोट माग्न नपाउने ब्यवस्था गरेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी ...

सम्बन्धित सामग्री

उम्मेदवारलाई मत, किसानलाई मलको चिन्ता

पाँचखाल–३ का रामकुमार दनुवार धान भित्र्याएर आलु लगाउने तयारीमा छन् । धान रोप्ने बेला मल नपाएर सास्ती खेपेका उनले आलु रोप्दा पनि मल नपाउने चिन्ता छ । ‘मल नपाएर धेरै दुःखले धान रोप्यौं, नक्कली मल परेकाले केही किसानको धान डढेको छ, अब आलु पनि डढ्यो भने के हुन्छ ?,’ उनले भने, ‘मल नपाएर हामीले दस ठाउँमा भौंतारिनुपर्छ । भोट माग्न आउनेलाई यसको चासो नै छैन ।’

निर्माण व्यवसायी कान्छारामले कसरी पाएका थिए टिकट ?

मंसिर ४ गते हुने निर्वाचनमा रामेछापमा माओवादी केन्द्र र नेपाली काँग्रेस रामेछापको प्रतिनिधिसभा कसले लिने भन्नेमा अन्तिमसम्मै छलफलमै रहे । रामेछापबाट श्यामकुमार श्रेष्ठ (कुशल)ले आफूले प्रतिनिधिसभामा पुनः टिकट नपाउने हो भने काँग्रेसलाई छोड्दा हुने भन्दै लविङ गरिरहेकै थिए । कुशल जसरी पनि युवराज चौलागाईलाई रोक्ने मिशनमा थिए भनेर माओवादीकै स्थानीय नेताले स्वीकार गरिसकेका छन् ।यसै शिलशिलामा रामेछापबाट कुशल समूहका केही स्थानीय नेताहरु आएर अध्यक्ष प्रचण्डलाई भेट्न आए । उनीहरुले प्रतिनिधिसभा छोडेर प्रदेशका २ वटै क्षेत्र लिन सुझाव दिए । यसको तारतम्य कुशलले नै असोज दोस्रो हप्ता मिलाएका थिए । रामेछापको प्रतिनिधिसभा माओवादीले छोड्ने, छोड्न प्रचण्डलाई ‘कन्भिन्स’ पनि गराउने तर, यसवापत कान्छारामले प्रचण्डलाई समेत ‘भाग’ पुग्ने गरी केही रकम खर्चिनुपर्ने प्रस्ताव माओवादीबाट प्रतिनिधिसभाका दाबेदार युवराज चौलागाई इतरको समूहबाट काँग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) समक्ष पुगेको स्रोतले दाबी गरेको छ । तर, कान्छारामले भने संघीयता अगाडी जिल्लामा २ वटा निर्वाचन क्षेत्र हुँदा पनि १ नम्बर क्षेत्रमा काँग्रेस पहिल्यैदेखि बलियो रहेको र तत्कालिन २ नम्बर क्षेत्र माओवादीको पकड क्षेत्रबाट गुमिसकेकाले आफूले माओवादीका नेतालाई पैसा दिएर टिकट लिनुनपर्ने जवाफ पठाएको बताइन्छ ।साथै, कान्छाराम तामाङले आफूले रामेछापमा गरेको समाजसेवा नै आफ्नो जितको लागि पर्याप्त रहेको र सहमतिमा टिकट दिए आफूले एमालेका उम्मेदवारलाई सहजै पराजित गर्ने दलिल पेश गरेका थिए । ‘पैसा माग्नेले उहाँ (कान्छाराम)सँग ५ करोड भन्या थिए, प्रचण्डसम्म पुर्याउनुपर्छ भनेर भनेका थिए भन्ने छ, अब प्रचण्डले नै खटाएका हुन् की, के हो त्यो चाहिँ उनीहरु नै जानुन् । कान्छाराम चाहिँ पैसा दिन्न, तर प्रदेश लिने हो भने २ वटै क्षेत्रमा माओवादीका उम्मेदवार जिताउँछु, रामेछापमा चुनाव जित्न हामीलाई नेकपा समाजवादी चाहिँदैन, उसलाई भाग लगाउनु पनि पर्दैन भन्नेमा अडिक रहनु भयो’ स्रोत बताउँछ, ‘गठबन्धन नै हुँदा पनि माओवादीबाट उम्मेदवार बन्ने भनेको कि कुशल, कि युवराज नै थिए । कुशललाई जहाँ पुग्यो, त्यहीँबाट लखेट्ने अवस्था छ, २ पटक सांसद हुँदा पनि काम नगरकोमा गुम्देलदेखि गौश्वारासम्मका मान्छेलाई रिस छ । युवराजलाई कसैले चिन्दै चिन्दैन । त्यहीँ भएर प्रदेश जसरी पनि जिताउने सर्तमा रामेछापको प्रतिनिधिसभा काँग्रेसलाई छोड्न माओवादीका अध्यक्ष प्रचण्ड तयार भएका हुन् ।’ कान्छारामले ‘क्यास’ दिएको नभई गठबन्धन भएकाले प्रदेशसभा सदस्यका लागि माओवादीबाट उम्मेदवार बनेका तारानारायण श्रेष्ठ (क) र युवराज चौलागाई (ख)लाई चुनाव खर्च भने दिने सहमति भएको दाबी स्रोतको छ । ‘ठ्याक्कै यती भन्ने थाहा छैन, तर कान्छारामले बिगुल (तारानायरण) र युवराजलाई चुनाव खर्च अलिअलि दिनु भएको छ । उहाँले बैमान गर्नु भएको छैन, माओवादीलाई भोट हाले हाल, नहाले नहाल, मलाई चाहिँ रुखमा भोट हाल भन्नु भएको छैन, जहाँ पुग्नुभएको छ, त्यहाँ गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्न भन्नु भएको छ’ स्रोतले भन्यो ।असोज २३ गते उम्मेदवारहरुको मनोनयन दर्ता थियो । टिकट लिन अन्तिम समयसम्म कुर्नु परेकाले उम्मेदवार कान्छाराम अन्तिम समयमा मात्रै मनोनयनका लागि पुगेका थिए ।मनोनयन पश्चात असोज २५ गते कान्छाराम पुनः ५ सिट क्षमताको इक्वेरल हेलिकप्टर लिएर मन्थलीस्थित रामेछाप विमानस्थल ओर्लिए । आजभोली भोट माग्न चुनावी अभियानका क्रममा गाउँ गाउँ पुगेका उनी ‘एमालेलाई भोट नहाले म हेलिकप्टर चढाउँछु, सुर्यमा भोट नहाले गाउँमा कोही बिरामी भए आफैँ हेलिकप्टर लिएर उपचार गराउन लैजान्छु’ भनेर आश्वासन बाँडिरहेका छन् ।‘क’ वर्गका ठेकेदार रहेका कान्छाराम गत निर्वाचनमा पनि प्रतिनिधिसभाकै उम्मेदवार थिए । त्यतिबेला वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ (कुशल)सँग पराजित भएका थिए ।

भोट माग्न छेक्दै माओवादीले कुटे कांग्रेस कार्यकर्ता

सिन्धुपाल्चोक : नेपाली कांग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन्। बिहीबार घरदैलो कार्यक्रम सकेर आराम गरी बसेका कांग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले सल्लाह गर्नु छ भन्दै बोलाएर कुटपिट गरेको घाइते कुमार तामाङले बताए। बलेफी गाउँपालिका–५ माओबादी वडाअध्यक्ष रामबहादुर तामाङ र रमेश तामाङको  नेतृत्वका २० जना समूहले सल्लाह गर्नु छ भनेर बोलाई कांग्रेसल

चुनावमा एनजीओले पनि उम्मेदवारलाई भोट माग्न नपाउने

३ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा गैरसरकारी वा निजी संस्थाका कर्मचारी र पदाधिकारीलाई पनि कडाइ गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ अनुसार गैरसरकारी तथा निजी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन […]

राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार मौन अवधिको समयमा...

राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु हुँदै, एसएमएसबाट समेत भोट माग्न नपाइने

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु हुन लागेको जनाएको हो ।, मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको...