सर्वोच्चको आदेश : पोखरेलको थुना कानुनसम्मत, डिप्रेसनमा भएकाले म्याद थप्दा विचार गर्नू

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका रमेश कुमार पोखरेलको रिटमा बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेको छ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले पोखरेलको थुना गैरकानुनी नभएको ठहर गरेको हो। यद्यपि पोखरेलले लामो समयदेखि डिप्रेसनलगायत मानसिक रोगको औषधि सेवन गरिरहेको भन्दै पुनः म्याद थप गर्न आउँदा विचार पुर्‍याउन काठमाडौं जिल्ला अदालतलाई आग्रह गरेको छ। ‘यी निवेदकले २०६८ सालदेखि नै डिप्रेसन लगायतका मानसिक रोगको नियमित उपचार गराई