बन्न सुरु भयो महाकवि देवकोटा संग्रहालय

काठमाडौँ – साहित्यको मन्दिर मानिँदै आएको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) ढलेको दुई साता नपुग्दै पुनर्निर्माण थालिएको छ। महाकविले साहित्य साधना गरेको वास्तविक कुञ्ज त अब कहाँ पाइएला र तर केही सुधारिएको त्यही स्वरुपमा कविकुञ्ज भने अबको एक वर्षमा बन्ने भएको छ। बिहीबारबाट त्यसको पुनर्निर्माण थालिएको हो। कविकुञ्ज पुनर्निर्माण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय […]

सम्बन्धित सामग्री

महाकवि देवकोटामाथि चर्चा

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा उनको व्यक्तित्वचर्चा कार्यक्रम आयोजना गरिएको छ । शनिबार मैतीदेवीस्थित महाकवि देवकोटा संग्रहालययमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विशेष कार्यक्रम गरिएको हो । कार्र्यक्रममा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले महाकवि देवकोटा संग्रहालय सरकारका तर्फबाट निर्मित साहित्यकारहरूको पहिलो संग्रहालय भएको उल्लेख गरे । पूर्वकुलपति बैरागी काइँलाले नेपाली वाङ्मयको क्षेत्रमा...

यस्तो छ महाकवि देवकोटा संग्रहालय [फोटाफिचर]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन भएको छ। महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय बनाइएको हो।  झन्डै सात करोड लगानीमा पुनर्निर्माण भएको तीन तले सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा...

देवकोटा संग्रहालयको शिलान्यास

महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई ‘महाकवि देवकोटा संग्रहालय’ पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौं महानगरपालिका–३० मैतीेदेवी शास्त्रीमार्गस्थित ‘कविकुञ्ज’लाई भत्काएर संग्रहालय निर्माण शिलान्यास गरेको हो । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिहीबार वैदिक विधिअनुसार संग्रहालय भवन पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

महाकवि देवकोटा संग्रहालय बन्ने खबरले स्थानीय उत्साहित

काठमडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवास ‘कविकुञ्ज’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालयका रूपमा निर्माण गर्ने खबरले मैतीदेवीका स्थानीय उत्साहित भएका छन् । सो सम्बन्धमा मंगलवार प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका साथमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय लगायतका प्राज्ञ परिषद्का सदस्यहरूसँग भेटेर स्थानीय बासिन्दाले उक्त कुराको […]