कृषिप्रधान देशका जनता महँगीको मारमा

हिजोआज आम उपभोक्ताहरू महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तुको अप्रत्याशित रूपमा मूल्यवृद्धि भएका कारण जीवनयापनमा ज्यादै समस्या परेको हो । पछिल्लो समय बजारमा विभिन्न उपभोग्य सामानको मूल्य अकासिएको छ । बजारमा जताततै खुल्लमखुल्ला रूपमा महँगीको लुट मच्चिएको छ । अनुगमन गर्ने निकाय मौन छ, जनता महँगीको मारमा हाहाकार गर्दा सरकार लाचार भएर बसेको […]