प्रधानमन्त्री ओली विरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओली विरुद्ध दायर गरेको मुद्दा सर्वोच्च प्रशासनले आज (मंगलबार) दर्ता गरेको हो । ९४ वर्षीय वकिल कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गरेको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको निवेदकको ठहर छ । यही माघ ९ गते प्रधानमन्त्री ओलीले कार्की बेन्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई ‘बाजे’ र संवैधानिक इजलासमा भइरहेको बहसलाई लक्षित गर्दै ‘तमासा’ भन्नुभएको थियो । प्रधानमन्त्रीको सो भनाइ विरुद्ध आचार्यले आइतबार र न्यौपानेले सोमबार मुद्दा दायर गर्नुभएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कानुन व्यवसायी, राजनीतिक दलका नेता, नागरिक समाजलगायतबाट चर्को विरोध भइरहेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।  बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै र

सर्वोच्चमा ओलीको कारबाही प्रक्रिया रोक्न माधव नेपाल समूहको रिट दर्ता

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्। माधव नेपालसहित ३२ सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत रिट दर्ता गरिएको छ। ओलीले नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। रिटको सुनुवाइ आइतबार हुने तोकिएको छ। नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका छन्। ने

प्रधानमन्त्री ओली सर्वोच्च अदालत पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चलाई लिखित जवाफ दिन प्रधानमन्त्री ओली बिहीबार बिहान सर्वोच्च अदालत पुगेका हुन् ।

अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत पुगेर पेश गरे लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्तिविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री स्वयं अदालत पुगेका हुन् । प्रधानमन्त्री ओली करीब १० मिनेट अदालतमा बसेर फर्किएका छन् ।   वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले आफैं उपस्थित भएर जवाफ पेश गर्न प्रधानम...

सर्वोच्च अदालत पुगेको १५ मिनेटमा जवाफ दर्ता गराएर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सर्वच्च अदालत पुगेका छन्। उनीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दामा लिखित जवाफ दिन पौने १२ बजे ओली अदालत पुगका हुन्। अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर ओली फर्किएका छन्। उनी ११ बजेर ४६ मिनेट जाँदा अदालत पुगेका थिए भने फर्किँदा ११ बजेर ५९ मिनेट गएको…

अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा  लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्। बिहीबार करिब ११ : ५० बजेतिर प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेका हुन्।प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो।गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पू

प्रधानमन्त्री ओली सर्वोच्चमा, सुरक्षा व्यवस्था कडा

अपहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन्।  बिहान पौने १२ बजेतिर उनी सर्वोच्च अदालत पुगेका हुन्।

अवहेलना मुद्दा : प्रधानमन्त्री ओली लिखित जवाफसहित सर्वोच्चमा उपस्थित

प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्चमा

(अपडेट) काठमाण्डाै -  प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुग्नुभएको छ । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो । प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाको प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद ब...

अदालतको अवहेलना मुद्दामा जवाफ पेश गर्न प्रधानमन्त्री ओली सर्वोच्च अदालत जाँदै

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आज  सर्वोच्च अदालतमा आफैं उपस्थित हुने भएका छन्। प्रधानमन्त्री ओली मध्यान्ह १२ बजे सर्वोच्चमा उपस्थित हुने बताइएको छ। प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो।गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीशहरु