प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो कागजको प्रतिलिपि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले नेकपासँगै सम्बन्धित सबै कागजातको प्रतिलिपि माग गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू आइतवार निर्वाचन आयोगमा पुगेर पार्टीसँग सम्बन्धित कागजातको प्रतिलिपि माग गरेका हुन् ।  प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा सम्बन्धी विषय सर्वोच्चमा विचाराधीन भएको अवस्थामा चुनावको तयारी अगाडि नबढाउन आग्रह गरेको छ । ‘सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा चुनावी तयारी नगर्न र निर्वाचन आयोगम...