पोखराको अन्नपूर्ण केबलकार चैत १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा आउने भएको छ । बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । यो सञ्चालनसंगै पर्यटकहरुले सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सक्छन् । गत फागुन ६ गतेबाट सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरि सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ ।त्यस्तै, सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको