काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् । संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नुअघि राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गरिन् । ‘अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेको वडामा समेत यसपटक मतदान भएको छ । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण […]