कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढ्यो

लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढेको छ। टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाउँ पस्ने खतरा बढेको हो। स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको रोक्कामगरले बताए।‘एक महिना अघिदेखि नै कटान गरिरहेको ठाउँमा ठूलो ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहेपनि कर

सम्बन्धित सामग्री

नदी कटान रोक्न जैविक तटबन्धमा जुटे कैलालीका स्थानीय

कैलाली । कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् । स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । […]

नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

काठमाडौँ । कैलालीको टीकापुर-८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् ।  टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् । स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । […]

कर्णाली गाँउ पस्ने खतरा

कर्णाली नदीमा पानीको बहाव बढेसँंगै कटान तीव्र बनाएको छ । टीकापुर नगरपालिका–५ शाहीपुर क्षेत्रमा भएको तटबन्ध भत्काउदै लगेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो । तटबन्ध भत्किएर नदी गाउँ पसेमा टीकापुरको दक्षिणी भाग वडा नं ५, ७, ८ र ९ मा बढी जोखिम रहेको छ । यी क्षेत्रका बासिन्दालाई सचेत रहन सूचना दिइसकिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताएका छन् ।