अफगानिस्तानबाट थप ९ जना नेपाली काठमाडौं आइपुगे, काबुलमा अझै ३४ जना उद्धारको पर्खाइमा

काठमाडौँ– अफगानिस्तानबाट थप ९ जना नेपालीलाई उद्धार गरेर बुधबार काठमाडौं ल्याइएको छ । उनीहरु बुधबार बिहान कतारबाट काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिन अगाडि उनीहरुलाई अफगानिस्तानबाट उद्धार गरेर कतार पुर्याइएको थियो । उनीहरुलाई बुधबार कतार एयरको विमानबाट काठमाडौँ ल्याइएको हो । हालसम्म अफगानिस्तानबाट ८४७ जना नेपालीको उद्धार गरिएको परराष्ट्रले जनाएको छ । […]