कोभ्याक्सको ३ लाख डोज खोप आइपुग्यो

कोभ्याक्स परियोजना अन्तर्गत नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आएको हो ।यो खोप नेपालले अनुदानमा पाएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको […]