वाग्मतीमा स्‍नानसहित सप्तऋषिको पूजा

सप्तऋषिको पूजा गर्दै आज हिन्दु महिलाहरुले ऋषि पञ्चमी मनाएका छन्। बिहानैदेखि नदी किनारमा उनीहरुको बाक्लो उपस्थिति थियो। रजश्वला दोष मुक्तिका लागि ब्रत तथा पूजा हुने भएकाले ऋषि पञ्चमी विवादित पनि हुँदै गएको छ। भाद्र शुक्ल पक्षको पञ्चमीका दिन महिलाहरुले आफूलाई शुद्ध बनाउन स्नान तथा पूजा गर्छन्। रजश्वलामा छुवाछुत गर्दा पाप…