लमजुङ जीप दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ८ जना घाइते

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेनजिकै जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिश रेग्मीले ३ जनाको घटनास्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जानकारी दिए । मर्स्याङ्दीको कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइते सबैको उद्धार गरी सामुदायिक अस्पतालमा उपचार भइरहेको रेग्मीले बताए ।   

सम्बन्धित सामग्री

जीप दुर्घटना अपडेट : तीनको मृत्यु १० गम्भिर

कालिकोट । कालिकोट र वाजुराको सिमाजामा शुक्रवार दिउसो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० घाईते भएका...