नेपालले पहिलो पटक बुधबारबाट भारतलाई विद्युत् बेच्न सुरु गरेको छ । यो नेपालको ऊर्जा व्यापारको एउटा कोशेढुंगा हो । यसको दीर्घकालीन महत्त्व रहन्छ । भारतसँग मात्र नभई क्षेत्रीय बजारमा नै ऊर्जा व्यापारको सम्भावना खोजिरहेको नेपालका लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि हो ।