पर्यटनमन्त्री आलेको व्यवहारले कर्मचारी आतंकित, सरुवा माग्दै सचिव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘स्पट एक्सन’ लिएका केही भिडियो फुटेजले उनलाई अहिले सर्वसाधारणले मन पराउन थालेका छन् । बन मन्त्री हुँदा आलोचित बनेका आले अहिले नागरिक स्तरमा लोकप्रीय बन्ने ध्याउन्नमा लागेपनि मन्त्रालयमा भने उनको आतंकले सीमा नाघेको छ ।कर्मचारीहरु मन्त्रीको व्यवहारले आजित बनेका छन् । नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका एक अधिकारीले मन्त्रीले गैरकानूनी काम गर्न दबाब पनि दिन थालेका छन् । ऐन नियम नहेरी आफूखुशी काम गर्न दबाब दिँदा मन्त्री र पर्यटन सचिव यादवप्रसाद कोइरालाबीच टसल सुरु भएको स्रोत बताउँछ ।एकलौटी निर्णयमा मन्त्री आलेपर्यटनमन्त्री आलेले सचिवलाई नै वेवास्ता गर्दै आफूखुशी मनलाग्दी निर्णय गर्दै आएको कर्मचारीहरुको आरोप छ । कात्तिक ८ गते नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने विषयमा पनि सचिवको परामर्श मन्त्री आलेले नमानेको बताइन्छ ।मन्त्री आलेले सञ्चार माध्यममा अधिकारीले कुनै तलब सुविधा नलिई निगम सञ्चालन गर्नेगरी नियुक्त गरिएको भनेपनि भित्रि कुरो भने अर्कै रहेको पाईएको छ । मन्त्रिपरिषदबाट आलेले अधिकारीलाई नियुक्त गराएको फाइलमा अधिकारीले निगमको कार्यकारी अध्यक्ष सम्हालेवापत मासिक २ लाख तलब व्यवस्था मिलाईदिएको खुलेको छ ।तलबबाहेक चाडपर्व भत्तावापत डेढ महिनाको तलब, कर्मचारी सञ्चय कोषमा २० प्रतिशत कट्टी, वर्ष दिनको सेवाअवधि बराबर २ महिनाको तलबसहितको उपदान, दैनिक भ्रमण भत्तामा कर छुटको व्यवस्थापिहत मन्त्री आलेले अधिकारीलाई नेपाल एयरलाइन्समा लगेका हुन् । तर, यो प्रस्ताव मन्त्रिपरिषदमा जानुअघि सचिव कोइरालाले हस्ताक्षर गर्न नमानेपछि आलेले आफ्नो मात्र हस्ताक्षर राखेर मन्त्रिपरिषदमा ठाडो प्रस्तावका रूपमा लगेका थिए । यसमा ‘मोटो’ रकम चलखेल भएको दाबी कर्मचारीहरुको छ ।अर्थको स्वीकृति बिना नै सुविधा तोकियोमन्त्रिपरिषद बैठकमा कुनैपनि मन्त्रालयले प्रस्ताव पठाउँदा सचिवले प्रस्ताव तयार पार्ने र उक्त प्रस्ताव प्रस्ताव मन्त्रिपरिषदको बैठक २४ घण्टा अगाडी मन्त्रिपरिषदको अनलाइनमा दर्ता हुने व्यवस्था छ । अनलाइनमा दर्ता भएको प्रस्ताव स्वीकृत भएपछि मात्रैसक्कल फाइल सहितको प्रस्ताव सचिवले मन्त्रिपरिषदमा प्रस्तुत गर्ने प्रचलन छ । यस्तै नियुक्तिका लागि कानुन मन्त्रालयको र नियुक्त हुने व्यक्तिको तलब सुविधाको प्रस्ताव गर्नु अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएपनि मन्त्री आलेले कुनै प्रक्रिया नै पूरा नगरी अधिकारीलाई सेवा सुविधा तोकेरै नियुक्त गरेका छन् । पर्यटन विभागले बजेट विनियोजन गरेर पदमार्ग निर्माणको लागि आह्वान गरिसकेको टेण्डर मन्त्री आलेले रोकिदिए । टेण्डर आह्वानको सूचना रद्द गरेर मन्त्रीले आफ्ना मान्छेलाई ठेक्का दिन लागेको देखिएको छ । सचिव कोइराला सरुवाको प्रयासमामन्त्री आलेले गलत काम गर्न दबाब दिएपछि सचिव यादव प्रसाद कोइराला सरुवाको चाँजोपाँजो मिलाउने कसरतमा लागेका छन् । एकातिर कर्मचारीमाथि अपमानजनक शब्द प्रयोग गरेर बोल्ने र अर्कोतिर आर्थिक स्वार्थ जोडिएको सहजै अनुमान लगाउन सकिने काम लगाउने भएकाले आफ्नो लामो कर्मचारी जीवनमा कतिखेर दाग लाग्ने हो भन्ने डरले सचिव सरुवाको ‘प्रोसेस’मा लागिसकेको स्रोत बताउँछ ।यति मात्रै नभई, सचिव कोइरालाले आफूलाई अन्यत्र सरुवा गरिदिन सामान्य प्रशासन मन्त्रालयमा पनि कुरा राखिसकेको स्रोतले बताएको छ । तर, मन्त्री आलेसँग काम गर्न इच्छुक अरु कुनै सचिव नभएका कारण कोइराला बाध्य भएर पर्यटनमै बस्नु परेको बताइन्छ ।‘धेरै सचिवलाई पर्यटनमा लैजान प्रयास गरिएको हो, तर इज्जतका साथ काम गरेर वाहवाही कमाएका सचिवहरु पर्यटन मन्त्री ज्यूसँग काम गर्न सकिँदैन भनेर जानै मान्दैनन्’ सामान्य प्रशासन मन्त्रालय स्रोत भन्छ, ‘हामीले सल्लाह गरेकामध्ये सबै जसोले अहिलेका मन्त्री रहेसम्म पर्यटनमा जाँदैनौ भन्ने जवाफ दिनुहुन्छ । जबरजस्ती कर गर्ने कुरा पनि आउँदैन, उहाँहरुको पोर्टफोलियोको कुरा पनि हुन्छ ।’के भन्छ सचिवालय ?मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मी कर्मचारीको कुरा सुन्ने परिपाटी गलत भएको बताउँछन् । लामो समय आन्दोलनले थलिएको निगम सुधार गरेर र विमानस्थलमा ‘स्पट एक्सन’ लिएर मन्त्रीले सुधारका काम गरेको देखेपछि कर्मचारीहरु अनावश्यक आरोपमा उत्रिएको दाबी उनको छ । सचिव कोइराला पर्यटन मन्त्रालयमा आएको १ वर्ष पुगेकाले नियम अनुसार नै सरुवाको प्रक्रिया सुरु भएको तर, मन्त्रीसँगको टससले उहाँ सरुवा मिलाउन दौडधूपमा लागेको भन्ने आरोप सत्य नभएको रेग्मी बताउँछन् ।

सम्बन्धित सामग्री

ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारी उत्साहित भएर काम गर्न नसकिएको बताएका छन्।...

सीटीईभीटीले अझै पाएन सदस्य सचिव

२४ मंसिर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले अझै सदस्य सचिव पाउन सकेको छैन । कार्यकारी पद रिक्त हुँदा कर्मचारी सरुवा, बढुवा तथा दैनिक कामहरुमा समेत प्रभाव परिरहेको परिषद्ले जनाएको छ । सीटीईभीटीको कार्यकारी अधिकार सदस्य सचिवमा निहित रहेकाले उक्त पद रिक्त हुँदा दैनिक कार्यसञ्चालनमै समस्या परेको उपाध्यक्ष खगेन्द्र भण्डारीले बताए । गत […]

सरकारले सरुवा गरेका ४ कर्मचारी अलपत्र

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत कार्यकारी समितिको बस्दै नबसेको बैठकको निर्णय उल्लेख गर्दै सरकारले सरुवा गरेको ४ कर्मचारीको हाजिर नगराएको खुलेको छ।सरकारको निर्णय अटेर गर्नेतर सरकारी सुविधा दुरूपयोग गर्ने उपाध्यक्षसहित आयोगका निर्देशकलाई कारबाही गर्नुपर्ने माग कर्मचारीले गरेका छन्। हाल सरुवा भइसकेका सदस्य सचिव डा. भोजराज काले र उपाध्यक्ष गिरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै मंगलबारदेखि कर्मचारीले काम बन्द गरेका छन्।यो क्रम हिजो ऋबार

सचिव दाहिना भएपछि रमाना लिनुअघि सहसचिवको गोप्यमा सरुवा सेटिङ

काठमाडौँ । नियमित प्रक्रिया मानिने कर्मचारी सरुवा पछिल्लो समय कसैलाई दशा त कसैलाई दसैँ नै बन्ने गरेको छ । नितान्त प्रशासनिक प्रक्रियामा राजनीति प्रवेश गराइएसँगै त्यसैको बहानामा मन्त्रालयका निश्चित कर्मचारीहरूको धन्दा नै सरुवा बन्ने गरेको छ । बुधवार मात्रै सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव कृष्ण प्रसाद धिताल ‘गोप्य कक्ष’मा बसेर कर्मचारीको सरुवा सूची काँटछाँट […]

सरुवाको पत्र काटेको महिना दिन भइसक्दासमेत कार्यालयमा पुगेनन् कर्मचारी

काठमाडौँ । कर्मचारी सरुवा भएको पत्रसम्म भेटाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले महिना दिन भईसक्दासमेत अझै कर्मचारी देख्न सकेको छैन । इजीपी सिस्टम सञ्चालनकै जिम्मेवारी बोकेको कार्यालयमा चार जना कम्प्युटर अपरेटरको दरबन्दीमा एक जना अधिकृत मात्रै रहेको भन्दै सचिव मधुसूदन बुर्लाकोटीले सार्वजनिक रूपमै टिप्पणी गरेको टिप्पणी प्रशासन डटकममा प्रकाशन भएसँगै दुई इन्जिनियरसहित एक अधिकृतको सरुवा भए […]

सरुवा सेटिङ: प्रधानमन्त्रीदेखि मन्त्रीका आ-आफ्नै दाउ

काठमाडौं, साउन १ । प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भए पनि विभिन्न पक्षको रुचि र सेटिङका कारण विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेलसमेत हुने गरेको पाइएको छ । कर्मचारी सरुवामा प्रधानमन्त्रीको सचिवालय, मन्त्रीदेखि सचिव तथा ट्रेड युनियन नेतासमेतको ‘सेटिङ’ धन्दा चल्ने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी […]

वाग्मती प्रदेश सरकारले एकैपटक चार सय कर्मचारी सरुवा गर्याे

मकवानपुर – वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारीको सरुवा गरेको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरू सबै मन्त्रालय गरेर चार सय कर्मचारीको सरुवा गरिएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबैभन्दा धेरै एक सय २० कर्मचारीको एकै पटक सरुवा गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजी सचिव अच्युत लामिछानेले जानकारी दिनुभयो । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरू मन्त्रालयले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी सरुवा गरेको लामिछानेले बताउनुभयो । मन्त्री...

कर्मचारी अभावले अनिर्णयको बन्दी बन्दै मधेस सरकार

जनकपुरधाम– मधेस प्रदेशमा प्रमुख सचिव नहुँदा प्रदेश सरकार अनिर्णयको बन्दी बनेको छ । प्रमुख सचिव हरिप्रसाद मैनालीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको दुई हप्ता बितिसकेको छ । तर, उनको स्थानमा अहिलेसम्म नयाँ प्रमुख सचिव आउन सकेको छैन । प्रमुख सचिवको अभावमा क्याबिनेट बैठक, आर्थिक, अनुगमन, कर्मचारी सरुवा र गम्भीर प्रकृतिका बिरामीलाई राहत […]

एकैपटक १० कर्मचारीको सरुवा, कामकाज प्रभावित

बैतडी : दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा भएको छ। एकैपटक धेरै कर्मचारीको सरुवा हुँदा कामकाज प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। उनले भने, ‘एकैपटक बढी संख्या कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ।’कर्मचारी सरुवा भएसँगै गाउँपालिकामा रहेका आठ वडाममध्ये वडा नम्बर १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन्। वडाहरूमा सचिव नहुँदा वडाको कामकाज पनि प्रभावित भएका जनाइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्

कर्मचारीमा सरुवा आतंक

शेरबहादुर देउवा नेतृत्वको  मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा दैनिक प्रशासन ठप्प छ। कर्मचारीतन्त्र लथालिंग छ। यस्तोमा पनि सरकारको ध्यान भने कर्मचारी सरुवामा केन्द्रित छ। सरकार गठन भए लगत्तै सचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख आयोजना प्रमुख धमाधम सरुवा भएका छन्। अर्थ, गृह, स्वास्थ्यलगायत महत्वपूर्ण मन्त्रालयका सचिवको सरुवा गरिएको छ। मन्त्री भएका मन्त्रालयमा सरुवाको आतंक नै छ। अर्थ, गृह, स्वास्थ्य, ऊर्जामा विभागीय प्रमुख, महाशाखा प्रमुख र आयोजना प्रमुखको व्यापक  हेरफेर भइसकेको छ। पूर्वसचिव शारदाप्रसाद त्रितालले २०६२।६३ पछिक...