पूर्वअर्थमन्त्री फोरमको बैठक सम्पन्न : बृहत् आर्थिक बहस आयोजना गर्ने

काठमाडौं । देशको वर्तमान आर्थिक अवस्था र सुधारका सम्भावित उपायहरूमा केन्द्रित भई गत साता पूर्वअर्थमन्त्री फोरमको बैठक सम्पन्न भएको छ । बैठकमा अर्थतन्त्रलाई बलियो र दिगो बनाउन दीर्घकालीन नीतिको तर्जुमा र कार्यान्वयनका विषयमा बृहत् छलफल भएको फोरमले बताएको छ । त्यसैगरी वर्तमान आर्थिक अवस्थाको सुधार र स्तरोन्नतिका लागि सुरक्षित एवं लगानीमैत्री वातावरणको सृजना गर्नुपर्ने, लगानीकर्तालाई प्रोत्साहन गरिनुपर्ने, मौजुदा नीति नियममा सुधार गरिनुपर्नेमा सहभागी पूर्वअर्थमन्त्रीहरूले जोड दिएका थिए । केही समययता देखिँदै आएको तरलता अभाव र बढ्दो ब्याजदरको कारण आम उद्योग, व्यवसायमा परेको असरको विषयमा समेत छलफल गरिएको फोरमले बताएको छ । नेपाल सरकारको पूँजीगत खर्च गर्ने प्रणालीमा व्यापक सुधार गर्न, चालू खर्च न्यूनीकरण गर्दै मितव्ययिता अपनाउन र विदेशी मुद्रा आर्जन कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत बैठक केन्द्रित भएको थियो । वर्तमान आर्थिक परिदृश्यहरूलाई संवेदनशील रूपमा लिँदै आगामी बजेटमार्फत उद्यमशीलता, लगानी, उत्पादन, रोजगारी र आयात प्रतिस्थापनको विषयमा स्पष्ट वित्तीय नीति अवलम्बन गरिनुपर्नेमा समेत छलफल गरिएको थियो । बैठकले सबल अर्थतन्त्र निर्माणका लागि उत्पादनमूलक क्षेत्रहरूमा लगानी विस्तार, रोजगारीका अवसरको सृजना, स्वदेशी उत्पादनमा जोड दिँदै स्वदेशी उत्पादनको उपभोग, निर्यातमा प्रोत्साहन, बढ्दो मुद्रास्फीति नियन्त्रण, बैंक तथा वित्तीय संस्थाको ऋण असुली र आर्थिक गतिविधि चलायमान बनाउने जस्ता विषयमा मौद्रिक नीतिमार्फत सहजता प्रदान गर्न सुझाव दिने निर्णय बैठकले गरेको छ । त्यसैगरी बैठकले देशको समग्र आर्थिक अवस्थामा देखिएका समस्या तथा चुनौतीहरूको समुचित निकास पहिल्याउन फोरमको आयोजनामा सरोकारावाला सम्पूर्ण पक्षहरूको सहभागिता हुनेगरी निकट समयमै बृहत् आर्थिक बहस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक तयारी समेत अघि बढाइसकिएको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए । बैठकमा पूर्वअर्थमन्त्रीहरू डा. सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, अर्थसचिव तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको सहभागिता थियो ।

सम्बन्धित सामग्री

हुम्ला कांग्रेस भ्रातृ तथा शुभेच्छुकबीच समन्वय बैठक सम्पन्न

सिमकोट – कांग्रेस हुम्लाले आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थासँग समन्वय बैठक आयोजना गरेको छ। पार्टी र भ्रातृ तथा शुभेच्छुकबीच सम्बन्ध सुमधुर बनाउन र पार्टीलाई बलियो बनाउन कांग्रेसले यो बैठक आयोजना गरेको हो। समन्वय बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई विधि विधानअनुसार हिँडाउन, सलामी र गुलामी प्रथा अन्त्य गर्न, न्याय संगत पदमा सिफारिस गर्नका लागि पार्टीबाट सल्लाह […]

गठबन्धनको बैठक सम्पन्न, यस्ता छन् निर्णय

काठमाडौं– सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो । बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय […]

राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न

काठमाडौँ– आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले बताएका छन्  । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मूल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री अथकले तोकिएको मितिमै प्रतियोगिता सञ्चालन हुने बताएका हुन् । कोभिडका कारण लामो समयदेखि रोकिएको प्रतियोगिता सञ्चालन गरेर […]

एमाले रौतहटको पहिलो बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक सम्पन्न भएको छ । जिल्लाको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति  भवनमा आइतबार एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथ ग्रहणपछि बसेको जिल्ला कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । जिल्लाका केही स्थानीय तहमा  बाँकी रहेका वडा कमिटीहरूको गठन तथा एकतासहितको पुनर्गठन गर्ने बैठकले निर्णय

नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न

न्युज अफ नेपाल, काठमाडौं । नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक फाल्गुण २५ देखि २९ गतेसम्म नेपालमा आयोजना गरिएको थियो। बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सहअध्यक्षतामा बैठक सम्पन्न भएको भारतीय […]

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

काठमाडौं : नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक पाँच दिनसम्म नेपालमा आयोजना गरिएको थियो।बैठकमा भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको सहअध्यक्षतामा उक्त बैठक बसेको थियो।सोमबार दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए। संयुक्त समितिले नेपाल-भारत सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो। समितिको कार्यक्षेत्रमा सीमा क्षेत्रमा बाढी,

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त संचालक समितिको बैठक सम्पन्न

न्युज अप नेपाल, काठमाडौं । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक सम्पन्न भएको छ । बैठक फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना भएको हो । दुई संयन्त्रले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने गरेका छन् । […]

संयुक्त परियोजना अनुगमन समिति बैठक सम्पन्न

भारतले काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको छ । उक्त बैठक भारत सरकार विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सहअध्यक्षतामा सम्पन्न भएको छ ।भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन […]

जनकपुरधाममा नेपाल-भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न

जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ । नेपालको तर्फबाट प्रदेश–२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ । बिहारमा आगामी सेप्टेम्बर २९ तारेखदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक आयोजना गरिएको […]

एमालेका नेताहरुको बैठक सम्पन्न, पार्टी एकता चाँडै टुँगो लगाउने विष्टको भनाई

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले बेग्ला बेग्लै कार्यक्रम आयोजना गरिरहेको बेलामा दोस्रो तहका नेताहरु भने पार्टी एकताको लागि छलफलमा बसेका छन् । यसअघि विघटित दश सदस्यीय कार्यदलमा आवद्ध नेताहरुको आज सिंहदरबारमा बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताको लागि गम्भीर पहल गर्ने […]