काठमाडौं। सरकारले वार्षिक २० लाख रूपैयाँसम्मको कारोबार गर्ने करदातालाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ। सरकारले आज अध्यादेशबाट ल्याएको बजेटमा आगामी आर्थिक वर्षमा यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पाठ गर्दै उक्त घोषणा गरेका हुन्।