रुसको आक्रमणको तेस्रो दिन युक्रेनमाथि रुसको तर्फबाट आक्रमण थप तिब्र गतिमा अगाडी बढेको छ। यहिबीच युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेस्की अलग अलग देशहरुको समर्थन जुटाउन लागि परेका छन्। अब जर्मनीले युक्रेनलाई लिएर आफ्नो नीतिमा ठुलो परिवर्तन गरेको छ। जर्मनी युक्रेनको लागि हतियार पठाउनेछ। जर्मनीका चान्सलर ओलाफ शल्ट्सले यसको पुष्टि गरेका छन्। जर्मनी हजार एन्टी ट्यांक हतियार र जमिनबाट पाँचसय मिटर हावामा हान्न सक्ने मिसाइल युक्रेनमा पठाउनेछ। जर्मनी, युक्रेनमा रुसमाथिको आक्रमणको भर्त्सना गरिसकेको छ। र यहि क्रममा जर्मनीले संघर्ष वा युद्द क्षेत्रमा हतियार निर्यात नगर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गरेको छ। युक्रेनका राष्ट्रपतिले जर्मनीको यो निर्णयको स्वागत गरेका छन्। जर्मनीका यातायातमन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने बताएका छन्। यस अगाडी एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि यस प्रकारको प्रतिबन्ध लगाएका छन्। युक्रेनलाई कयौं देशहरुले सहयोगको हात अगाडी बढाएका छन्। आक्रमणको तेस्रो दिन युक्रेनलाई पश्चिमी मुलुकहरुबाट हतियारसंग जोडिएका सहयोग मिल्ने अपेक्षा गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले जेवलिन एन्टी ट्यांक मिसाइल, एन्टी एयरक्राफ्ट प्रणाली सहित ३५० मिलियन अमेरिकी डलर बराबरको हतियार युक्रेनमा पठाउने भएको छ। त्यस्तै नेदरल्याण्ड ५० एन्टी ट्यांक हतियार र ४०० रकेट युक्रेनलाई दिने भएको छ भने नेटो पूर्वी युरोपमा र अत्यधिक सेना तैनाथ गर्न सुरु गरिसकेको छ। सको आक्रमणको कारण युक्रेनमा इन्टरनेट कनेक्टिविटीलाई लिएर समस्या भएको छ। यहि क्रममा एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्राण्डबैण्ड लाई युक्रेनमा सकृय गराईदिएका छन्। युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटर मार्फत एलन मस्कलाई ट्याग गर्दै उनीसँग युक्रेनमा स्टारलिंक स्याटेलाइट सेवा दिनलाई आग्रह गरेका थिए।