देशका अधिकांश पालिकामा गठबन्धनका उम्मेदवार अग्रस्थानमा

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको शुक्रबार सम्पन्न मतदानको नतिजाहरु धमाधम आउन थालेको छ । देशका अधिकांश स्थानमा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारहरु बढी स्थानमा अग्रस्थानमा छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले धेरै पालिकाहरुमा अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पछ्याइरहेका छन् ।