सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी सोमबार पुनः सरकारमा फर्किएको छ । जनमतकी अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएसँगै सरकारमा अब ८ दलको सहभागिता भएको छ । राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले समर्थनसँगै विश्वासको मत दिए पनि सरकारमा गएका छैनन् ।