साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिसियाका विरुद्धमा बुधबार हवाई आक्रमण गरेको छ । बुधबार ती विद्रोहीका विरुद्धमा उनीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । तर यसको विस्तृत विवरण भने दिइएको छैन् । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।