सोसाइटी इन्टरनेसनल ट्राभल सेल्स एजेन्ट नियुक्त

काठमाडौं (नेस) । थाइल्यान्डको क्षेत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालका लागि आफ्नो जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको छ । बैंककस्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षेत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालकालागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ । सम्झौताअनुसार […]

सम्बन्धित सामग्री

थाइ एयरको ‘जनरल सेल्स एजेन्ट’मा सोसाइटी सर्भिसेज

थाई एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ।

थाइ एयरको ‘जनरल सेल्स एजेन्ट’मा सोसाइटी सर्भिसेज

थाई एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ।

एयर एसिया लफडाः जब प्रभु बैंकका २२ वटा चेक ‘वाउन्स’ भए...

नेपाललाई करिब १८ करोड रुपैयाँ बक्यौता नतिरेको मलेसियाको एयर एसिया एक्सको ४९ प्रतिशत सेयर स्वामित्व भएको थाइल्याण्डको ‘थाइ एयर एसिया’ले बैंकक-काठमाडौँ–बैंकक उडान अनुमति पाउने लगभग पक्कापक्की छ ।बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको दबाब थेग्न नसकेपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) एयर एसिया एक्सको लगानी भएको थाइ एयर एसियालाई उडान अनुमति दिने अन्तिम तयारी गरिरहेको छ । थाइ एयर एसियाका एसिया क्षेत्र हेर्ने जनरल म्यानेजर सुरेश नायर र प्रधानमन्त्रीपत्नी आरजुबीच बालुवाटारमा डील भईसकेको स्रोतले दाबी गरेको छ ।जब २२ वटा चेक वाउन्स भए...सन् २०१२ देखि नेपालमा उडान सुरु गरेको मलेसियाको एयर एसियाले सेप्टेम्बार २०१८ बाट उडान बन्द गर्यो । नेपालस्थित एयर एसिया एक्सको जीएसए (जनरल सेल्स एजेन्ट)ले बदमासी गरेपछि एयर एसिया नेपालमा उडान नगर्ने निर्णयमा पुग्न बाध्य भएको थियो ।त्यतिबेला एयर एसिया एक्सको जीएसए थियो इन्सेन्टिभ ट्राभल । प्रति उडान १ लाख ४० हजार डलर एयर एसियालाई उपलब्ध गराउने गरी इन्सेन्टिभ ट्राभलले जीएसए लिएको थियो । तर, क्रमशः दिन्छु भनेको पैसा दिन नसक्ने अवस्थामा ट्राभल कम्पनी पुग्यो ।‘हरेक उडानमा १ लाख ४० हजार डलर दिने कुरा सजिलो थिएन, किनकी फ्लाइट सधैँ एकनाश हुँदैनथ्यो’ स्रोत भन्छ, ‘उता एयरलाइन्सको बिजनेश गुम्दै थियो, यता एयरपोर्ट चार्जदेखि अरु चार्जहरु पनि थपिँदै थियो । एयरपोर्टलाई त जीएसएसँग मतलब हुने कुरा भएन, एयरलाइन्ससँग मतलब हुने हो । त्यसपछि चार्ज थपिँदैछ भनेर एयरपोर्टले भनेपछि एयरलाइन्सले यता जीएसएसलाई तिर्न भनेछ । जीएसएसले धमाधम चेक दियो । एयरपोर्टले चेक एक्सेप्ट त गर्यो, तर पैसा नै नभएको चेक रहेछन् । त्यस्ता २२ वटा चेक वाउन्स भए ।’स्रोतका अनुसार ८ करोड बढीका २२ वटा चेक वाउन्स भएपछि एयरलाइन्सको नाममा बक्यौता बाँकी देखियो । वाउन्स भएका चेकहरु प्रभू बैंकका थिए ।त्यसपछि २ करोड ५० लाख रुपैयाँ त तिर्यो । तर बाँकी करिब ५ करोड ५० लाख रुपैयाँ बक्यौता जरिवानासहित अहिले पनि बढिरहेको छ ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला कुन कुन मितिमा चेक वाउन्स भएका रहेछन् भनेर आफूले पनि बुझ्नुपर्ने बताउँछन् ।‘म बुझेर भनौँला’ उनले दिएको प्रतिक्रिया यत्ति हो ।राजकुमार क्षेत्रीसँग मलेसियनहरुको ‘हार गुहार’एयर एसिया एक्सले धेरै पैसा तिर्न बाँकी थियो । अलिअलि उसको जीएसए इन्सेन्टिभ ट्राभलले तिर्न भनेर जम्मा गरेका चेकहरु पनि वाउन्स भए । एयर एसिया एक्सले ३५ करोड बढी शुल्क तिर्न बाँकी रहेका बेला त्रिभुवन विमानस्थलको जीएम (जनरल म्यानेजर) बने राजकुमार क्षेत्री ।उनी जीएम भएपछि मलेसियाबाट एयर एसियाका प्रतिनिधिहरु आफैँ आएर जरिवाना मिनाहा गरिदिन भने । तर, क्षेत्रीले सिस्टमबाट नियम अनुसार बढेको जरिवाना भएकाले मिनाहा गर्न नसकिने अडान लिए । त्यसपछि जरिवाना बाहेकको करिब २७ करोड रुपैयाँ एयर एसिया एक्सले तिर्यो ।यसअघिःआरजु–नायर डीलः १८ करोड बक्यौता चुक्ता नगरी थाइ एयर एसियालाई उडान अनुमतित्यतिबेला एयर एसियाका प्रतिनिधिले आफूहरुको कुनै गल्ती नरहेको भन्दै नेपालस्थित जीएसएकै कमजोरीले आफूहरु बद्नाम हुनु पर्ने अवस्था आएको भन्दै जीएसएलाई कारबाही गर्न माग पनि गरेका थिए । तर, त्यतिबेलाको एयर एसिया एक्सको जीएसए इन्सेन्टिभ ट्राभलका सञ्चालक हरिमान लामा सबैतिर ऋण लिएर टाट पल्टिसकेका थिए । हाल त उनी नेपालमै छैनन् भनिन्छ । यो क्षेत्रका कसैसँग उनको सम्पर्क छैन ।त्यसपछि एयर एसियाका प्रतिनिधिहरु फर्किए ।तर, विमानस्थलका जीएम राजकुमार क्षेत्री हङकङ भ्रमणमा रहेका बेला एयर एसिया एक्सले एक्कासी अबदेखि उडान नगर्ने जानकारी विमानस्थललाई गरायो । क्षेत्री हङकङ भ्रमणमा रहेका बेला निमित्त जीएमको जिम्मेवारी सुरेशमान सिंहले पाएका थिए । सिंहले जीएम क्षेत्रीलाई सम्पर्क गरे । क्षेत्रीले बक्यौता पूरा नगरी जहाज फर्किन नदिनू भन्ने निर्देशन दिए । जहाज ‘होल्ड’ भयो ।त्यसपछि काठमाडौँस्थित मलेसियन दूतावासको रोहबरमा बक्यौता तिर्ने सर्तमा जहाज छोडियो । तर, उक्त बक्यौता आजसम्म पनि उठेको छैन । विमानस्थल र पर्यटन बोर्डमा एयर एसिया एक्सले बुझाउनुपर्ने बक्यौता १८ करोड नाघिसकेको छ ।तर, अहिले पुनः एयर एसिया एक्सको ४९ प्रतिशत लगानी भएको थाइ एयर एसियालाई दैनिक काठमाडौँ–बैंकक उडान अनुमति दिन बालुवाटार नै सक्रिय भएर लागेको छ । थाइ एयर एसियाको जीएसएमा आरजु राणाको माईती पक्ष (रबिन राणा भनिने व्यक्ति)को कम्पनीलाई नियुक्त गरिसकिएको स्रोतको दाबी छ । यो सबै काम काठमाडौँ आएर थाइ एयर एसियाका एसिया क्षेत्र हेर्ने जनरल म्यानेजर सुरेश नायरले फत्ते गरेर फर्किएका थिए ।

आरजु–नायर डीलः १८ करोड बक्यौता चुक्ता नगरी थाइ एयर एसियालाई उडान अनुमति

थाइ एयर एसियाका एसिया हेर्ने जनरल म्यानेजर सुरेश नायर र प्रधानमन्त्रीपत्नी आरजु राणा बीच बालुवाटारमा डील भएपछि एयर एसियाको १८ करोड बक्यौता तिर्न बाँकी हुँदा हुँदै पनि उडान अनुमति पाउने भएको छ । सन् २०१२ देखि २०१८ सम्म नेपालमा उडान गरिरहेको एयर एसिया एक्सले अर्को भगिनी संस्था थाइ एयर एसियामार्फत नयाँ जनरल सेल्स एजेन्ट खडा गरेर उडान अनुमति लिने प्रयास गरेको हो । स्रोतको दाबीअनुसार थाइ एयर एसियाले उडान अनुमतिका लागि बालुवाटारबाट ग्रीन सिग्नल पाइसकेको छ ।तर उडान अनुमति नलिँदै थाइ एयर एसियाले अनुमति पाएको भन्दै गरेको प्रचारबाजीलाई नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले खारेज गरेको छ । उडान अनुमतिको विषयसँगै यसअघि एयर एसिया एक्सले तिर्न बाँकी रहेको १८ करोड बक्यौता प्रकरण पनि पुनः चर्चामा आएको हो ।तत्कालीन समयमा नेपालमा उडान भरिरहेको एयर एसिया एक्सले नेपाललाई बुझाउन बाँकी झण्डै १८ करोड बक्यौता नतिरी उसैको भगिनी संस्था थाइ एयर एसियालाई उडानको अनुमति दिइएको भन्दै आलोचना भएको छ ।स्रोतका अनुसार थाइ एयर एसियालाई उडान अनुमति दिन प्रधानमन्त्रीपत्नी आरजु राणाले निकै अघिदेखि प्रयास गरिरहेकी थिइन् । उनैले थाइ एयर एसियाका प्रतिनिधि सुरेश नायरलाई काठमाडौँ बोलाएर ग्रीन सिग्नल दिएको स्रोतको दाबी छ । बालुवाटारमा भएको डीलमा देउवाका छोरा जयवीर पनि थिए । एयर एसियाले नेपाल पर्यटन बोर्डलाई ७ करोड, त्रिभुवन विमानस्थल र अन्य शुल्क गरी ११ करोड रुपैयाँ तिर्न बाँकी छ । थाई एयर एसियामा अहिले थाई एयर एसियाको ५९ र एयर एसिया एक्सको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।प्राधिकरणले भने उसले स्लट माग गरेको भएपनि उडान अनुमति दिने निर्णय भइनसकेको तर दिने लाइनमै कुरा अघि बढाइएको बताएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उसलाई उडान अनुमति दिइएको भन्दै गरिएको प्रचारलाई गलत रहेको बताए । ‘बक्यौता नै नतिरी फेरि एसिया एक्सकै ४९ प्रतिशत सेयर स्वामित्व भएको अर्को कम्पनी आउने भयो भनेर गलत प्रचार गरिएको छ’, निरौलाले भने, ‘प्रकृया पुर्याएर आउँदा हामीले कुनै पनि विदेशी एयरलाइन्सलाई उडान अनुमति नदिने कुरै हुँदैन ।’खासमा के गर्दैछ त क्यान ?क्यानका प्रवक्ता निरौलाका अनुसार थाइ एयर एसियालाई नेपालमा उडान अनुमति दिन प्राधिकरणको तयार छ । विगतको एयर एसिया एक्सको नाममा रहेको बक्यौता तिराउनका लागि पनि थाइ एयर एसियालाई उडान अनुमति दिने पक्षमा क्यान रहेको उनले बताए ।‘बक्यौता एयर एसिया एक्सको नाममा छ, नभएको होइन । तर आउन खाजेको थाइ एयर एसिया हो,’ निरौलाले बिजपाटीसँग भने, ‘एयर एसिया एक्सकै लगानी भएको अर्को कम्पनीलाई आउन दिइयो भने पो भोलि तपाईहरुको पूरानो कम्पनीको नाममा बक्यौता छ, तिर्नुपर्छ भन्न सकिन्छ त । आउनै नदिएर बाटै बन्द गरेपछि कसलाई समात्ने त त्यो बक्यौताको लागि । कम्तीमा बक्यौता तिर्न बाँकी रहेको कम्पनीको भगिनी कम्पनी आउँदा तपाईको कम्पनीमा लगानी रहेको एयर एसिया एक्सको बक्यौता छ है भनेर यसैलाई समात्न हामीलाई पनि सजिलो हुन्छ नि । त्यहीँ भएर हामी दिने लाइनमा चाहिँ छौँ, तर दिई सकेको अवस्था होइन ।’थाइ एयर एसियाले नेपाल–थाईल्याण्ड उडान सुरु गरेपछि एयर एसिया एक्सको नाममा रहेको पूरानो बक्यौता उठाउने बाटो खुल्ने उनको दाबी छ ।दिनको ८ लाख आम्दानी हुन्छ, किन नदिने ?पूरानो बक्यौता बाँकी देखाएर भगिनी संस्थालाई समेत उडान अनुमति नदिँदा हुने आम्दानी पनि गुमिरहेको प्रवक्ता निरौला बताउँछन् ।‘बक्यौता तिर्न बाँकी कम्पनीको लगानी भएको अर्को कम्पनीलाई किन आउन दिने भनेर बाटो नै बन्द गर्दा त अहिले हुने आम्दानी पनि रोकिन्छ नि, त्यो पनि हेर्नुपर्यो’ प्रवक्ता निरौलाले थपे, ‘थाइ एयर एसिया आएर दिनको एउटा उडान गर्दा ६ लाख आम्दानी हुन्छ, त्यो त राज्यलाई हुने आम्दानी हो नि । उसले ठूलो वाइडबडी जहाज लिएर आउँछ । २५० जना बोक्ने क्षमता हुन्छ, २ सय जना मात्रै बोक्यो भनेपनि एयरपोर्ट ट्याक्स मात्रै ६ लाख हुन्छ । ल्याण्डिङ चार्जसहित त उसको एउटा उडानमा हामीलाई ८ लाख आम्दानी हुन्छ ।’यो कम्पनीले हरेक दिन काठमाडौँ–क्वालालम्पूर उडानका लागि अनुमति माग गर्दै निवेदन दिएको निरौलाले बताएका छन् । यसो हुँदा दिनको ८ लाखका दरले हप्तामा ५६ लाख आम्दानी हुने उनको भनाई छ ।उनले कोरोनापछि भर्खरै पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै आएको अवस्थामा विदेशी एयरलाइन्स कम्पनीहरुले नेपालमा उडान गर्न खोज्नु विदेशी मुद्राको आर्जनका लागि राम्रै हुने पनि बताएका छन्।राजन पोखरेलले किन रोकका थिए ?सन् २०१२ देखि नेपालमा उडान भर्दै आएको मलेसियाको एयर एसिया एक्सले २०१८ बाट उडान रोक्यो । उडान रोक्ने समयमा उसलाई तिर्नुपर्ने बक्यौता तिर्न भनियो, उसले त्यतिबेला २७ करोड रुपैयाँ तिर्यो । २७ करोड तिरेपछि क्यानले उसलाई उसको सम्पूर्ण दायित्व सकियो भनेको थियो ।त्यसको केही वर्षपछि क्यानले आफूहरुले काजगजात खोज्दै जाँदा एयर एसिया एक्सको नाममा ५ करोड बाँकी रहेको भेटिएको र त्यसको जरिवानासमेत जोड्दा १३ करोड बक्यौता पुग्यो भन्दै उक्त रकम तिर्न एयर एसियालाई भन्यो । तर, एयर एसियाले आफूहरुले सबै दायित्व तिरेर ‘फ्लाई विद्ड्र’ गरेको भन्दै उक्त दायित्व आफूले तिर्न नपर्ने दाबी पेश गर्यो । अहिले उक्त बक्यौता बढेर १८ करोड पुगेको छ ।राजन पोखरेल क्यानको महानिर्देशक हुदा पनि थाइ एयर एसियाले नेपालमा उडानको अनुमति मागेको थियो । तर, उनले उसको साझेदार कम्पनी एयर एसिया एक्सले नेपाललाई बक्यौता तिर्न बाँकी रहेकाले उक्त बक्यौता नतिरेसम्म ‘सिस्टर कम्पनी’ भएपनि उडान अनुमति नदिने भन्दै स्लट दिएनन् । यसबारे थप बुझ्न पोखरेलसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।सुटुक्क एजेन्ट खडासमाचारहरुमा आए अनुसार थाई एयर एसियाले नेपालमा उडानका लागि जीएसए (जनरल सेल्स एजेन्ट) पनि नियुक्त गरिसकेको भनिएको छ । हंश इन्टरनेशनललाई थाई एयर एसियाले नेपालका लागि जीएसए नियुक्त गरेको भनिएपनि हंशले भने अस्वीकार गरेको छ ।आफू जेट् एयरवेजको जीएसए नियुक्त भईसकेकाले अर्को कम्पनीको एजेन्ट बन्नका लागि कुनै प्रयास नै नगरेको र समाचारमा आफ्नो नाम आउनु गलत भएको हंशका प्रतिनिधिले बताएका छन् ।यसअघि एयर एसिया एक्सको जीएसए भने ‘इन्सेन्टिभ ट्राभल’ थियो । तर, अहिले थाई एयर एसियाले जीएसए परिवर्तन गर्दैछ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको समेत लगानी हुने गरि विशाल ग्रुपले पनि थाई एयर एसियाको जीएसएका लागि लविङ गरेको थियो ।जीएसए परिवर्तन गराएर पूरानो बक्यौता तिर्ने ‘कमिटमेन्ट’ नगराई थाई एयर एसियालाई उडान अनुमति दिन लागिएको स्रोतको दाबी छ । क्यानकै अधिकारीको भनाइले पनि यो पुष्टि भने गरेको छ।‘हिजो राजन पोखरेल डीजी हुँदा पूरानो बक्यौता तिरेपछि मात्रै उडान अनुमति दिन्छु भनेका थिए, उनले पूरानो बक्यौता तिर्ने कमिटमेन्ट मात्रै गर्यौ भने पनि उडानको अनुमति दिन सकिन्छ भन्दा थाई एयर एसिया मानेको थिएन’ स्रोत भन्छ, ‘अब आउँदा पनि उसले पूरानो बक्यौता तिर्छु भनेर कमिटमेन्ट त गरेर आउँदैन । जीएसए नै चेन्ज गरेर आउँदैछ । अनि कुनै प्रमाण नै नभई उसँग पूरानो बक्यौता कसरी माग्न सकिन्छ ?'

थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

थाइल्यान्डको क्षत्रीय पूर्ण वायु सेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ । यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागू भइसकेको छ ।बैंककस्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो […]

नेपालका लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

काठमाडौं । थाइल्यान्डको क्षेत्रीय वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नेपालका लागि आफ्नो जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको छ । यस सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ ।