ताप्लेजुङमा झण्डै ६५ प्रतिशत मत खस्यो

ताप्लेजुङ – आज सम्पन्न भएको पालिका तहको चुनावमा ताप्लेजुङमा झण्डै ६५ प्रतिशत मत खसेको छ । ताप्लेजुङको मुख्य निर्वाचन कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधीश प्रकाश राउतका अनुसार जिल्लाभर ६४.७६ प्रतिशत मत खसेको हो । जिल्लामा ८९ हजार ६ सय ९० मत रहेकोमा ५७ हजार १४२ मत खसेको उहाँले बताउनुभयो । जिल्लाको सबैभन्दा धेरै मेरिङदेन गाउँपालिकामा ७०.७७ प्रतिशत मत खसेको छ । यस गाउँपालिकामा ८ हजार ६ सय ३ मध्ये ६ हजार ८९ मत खसेको हो । जिल्लाको सबै भन्दा धेरै मतदाता रहेको फुङलिङ नगरपालिकामा भने ६४.१२ प्रतिशत मत खसेको...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत

गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०७९/८० मा करिब ६५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

बारामा ६५ प्रतिशत मत खसेको अनुमान

४ मंसिर, वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बारामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बारामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए । बारामा ४ लाख ३३ हजार ५ सय ४ जना मतदानका लागि योग्य मतदाता थिए […]

बारामा ६५ प्रतिशत मत खस्यो

वीरगञ्ज – आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्बाचनको मतदानको क्रममा बारामा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ। जिल्लामा ६५ प्रतिशत मत खसेको मुख्य निर्बाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिए । जिल्लामा ४ लाख ३३ हजार ५ सय ४ मतदाता छन्। जिल्लाका सबै मतदान केन्द्रका शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको तथा मतपेटिका मतगणना स्थलमा […]

मोरङमा ६५ प्रतिशत मत खस्यो

मोरङमा करिब ६५ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालयका विराटनगरका अनुसार मोरङको अन्तिम विवरण आइनसकेको भए पनि प्रारम्भीक विवरण अनुसार ६३ देखि ६५ प्रतिशत मत खसेको देखिएको हो।...

कैलालीमा ६५ प्रतिशत मतदान

कैलालीः स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६१९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले बताए। मतपेटिका…

कैलालीमा खस्यो ६५ प्रतिशत मत

धनगढी – आज सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजारभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका पुर्‍याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले जानकारी दिए। मतपेटिका […]

नुवाकोटमा ६५ प्रतिशत मत खस्यो

स्थानीय तह निर्वाचनमा नुवाकोटमा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जिल्लाभर ६५ प्रतिशत मत खसेको जानकारी दिए । १२ स्थानीय तह ८८ वडा रहेको नुवाकोटमा...

गण्डकी प्रदेशमा ६५ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ६५ प्रतिशत मत खसेको छ । प्रदेशका ११ वटै जिल्ला अन्तर्गत रहेका ८५ वटै पालिकामा मतदान शान्तिपूर्णरुपमा तोकिएकै समयमा सम्पन्न भएको र ६५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन...

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।...

मुगुमा ६५ प्रतिशत मत खस्यो

३० वैशाख, मुगु । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे २ बजेसम्मको विवरण ६५ प्रतिशत मत खसेको हो । स्थानीय पालिकाका निर्वाचन अधिकृतका अनुसार साढे २ बजेसम्म ६५ प्रतिशत मतदान भइसकेको छ । मतदान सकिएपछि सबै केन्द्रबाट आज राति नै मतपेटिका संकलन गरी दलहरूको बैठकको निर्णय अनुसार मतगणना […]