भूकम्पपीडित विरामी परेपछि स्वास्थ्यकर्मी सल्यानका प्रभावित क्षेत्रमा

सल्यान : सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितहरू चिसोले विरामी हुन थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ।चिसोका कारण बालबालिका, सुत्केरी, वृद्धवृद्धा विरामी परेपछि घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए।अधिकांश भूकम्पपीडित त्रिपालमुनि बस्दै आएका र तिनीहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो।स्वास्थ्योपचारका लागि स्वास्