दशैँमा खानपानमा ध्यान नदिँदा हुन सक्छ ‘फुड प्वाइजनिङ’

हेमन्तसिंह साउदकाठमाडौं : दशैँ भन्ने बित्तिकै मासु खाने पर्वको रुपमा लिने गरिन्छ। प्रायः घरमा दशैँमा मासुका परिकार पाक्ने गर्छ। तर यसरी चाडपर्वका वेला खाइने मासु तथा अन्य परिकार खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या देखिनुका साथै मासुको यस्ता परिकार बनाउँदा सरसफाइमा ध्यान नदिँदा फुड प्वाइजनिङसमेत हुने सम्भावना हुने गर्छ।विशेषगरि दशैँमा पकाइने विभिन्न खालका मासुजन्य परिकार, अत्यधिक चिल्ला मसालेदार खानेकुरा, मदिरा र अखाद्य पदार्थ मिसाइएका मिठाईका परिकारको स