हाइपरफन्डको वास्तविकता

मानिसको सबैभन्दा ठूलो ध्येय धनी बन्नु हो । कुनै व्यक्तिले कतिसम्म धन कमाउन सक्ला यसको सीमा छैन । आचार्य चाणक्यले धनसहित आयु, कर्म, विद्या र मृत्यु यी पाँचओटा कुरा गर्भमै निश्चित भएको हुन्छ भनेका छन् । मनुले शरीरलाई कष्ट दिएर धन कमाउनु हुन्न भनेका छन् । ‘कि धन बाख्रापाठाबाट, कि धन लामो बाटोबाट, कि धन ससुराली पाटोबाट’ भन्ने लोकोक्ति छ । धन कमाउन गाह्रो छ भन्ने मनुको भनाइबाट पनि बुझिन्छ । तर, वर्तमान समयमा बसिबसी धन आर्जन हुन्छ भन्ने भ्रमलाई आत्मसात् गर्दा वित्तीय अपराध र ठगी बढ्दै जाँदा कयौंले भएको पनि गुमाएका छन् । इन्टरनेट सञ्जालबाट अनेक प्रलोभन देखाएर हुने ठगीको दर बढ्दो छ । यस्ता ठगीको मारमा परेर व्यक्तिले गुमाउने एउटा पाटो त छँदै छ, देशको रकम वा देशमा विदेशबाट भित्रिनुपर्ने विप्रेषणसमेत आउन बन्द भएको छ । श्रम प्रवेशाज्ञामा विदेश गएका नेपाली इन्टरनेट सञ्जालबाट हुने यस्तो ठगीमा बढी परेको अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा ‘करेन्सी’ नाम जोडिएको ‘क्रिप्टो’ र पिरामिड प्रकृतिको हाइपरफन्डमा नेपालबाट धेरै रकम बाहिरिएको र विदेशबाट नेपालमा विप्रेषणमार्फत प्राप्त हुने रकम उतै लगानी (ठगि) भएर रोकिएको अनुमान गरिएको छ । हाइपरफन्डलगायत क्रिप्टो इन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इङल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ । हाइपरफन्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन । लामो यात्राका यात्री युट्युबमा हाइपरफन्ड भनेर खोज्दा यसका संस्थापक भनिने रयान झुको बखान सबैभन्दा बढी भेटिन्छ । झुले सन् २०१३ मा संस्थापन गरेको भनिए पनि यी अगाडि देखिने व्यक्ति मात्र हुन् पछाडि अरू नै छन् भनिन्छ । स्थापना हुँदा यसको नाम ‘हाइपरटेक’ थियो र पछि ‘हाइपरफन्ड’ हुँदै अहिले ‘हाइपरभर्स’ मा आइपुगेको छ । नाम जेसुकै फेर्दै गए पनि यसको मुख्य धन्दा भने पर्दापछाडि रहेको र यसका संस्थापक भनिने झु ‘हात्तीको देखाउने दाँत’ मात्र हुन् । हाइपरफन्ड के हो के काम गर्छ भन्ने कुराको निश्चित नभए पनि यसले गरिरहेको कार्य हेर्दा यो नेटवर्किङ र मल्टीलेभल मार्केटिङभन्दा बढी केही देखिँदैन । यसले आफूलाई क्रिप्टोको अंग मानिने ‘ब्लकचेन’ को विज्ञ भने पनि त्यस्तो देखिँदैन । यसले उठाएको रकम कहाँ खर्च गर्छ वा केमा लगानी गर्छ त्यसको स्पष्ट उद्देश्य छैन । क्रिप्टो माइनिङ गर्छु भने पनि त्यस्तो होइन भन्ने आएको छ । यसले खडा गरेको नेटवर्किङ पनि पूर्णतः कानूनी छैन भन्ने पनि छ । यसको मुख्यालय कहाँ छ र इन्टरनेटबाट हुनेबाहेक भौतिक उपस्थिति कुनकुन देशमा छ भन्ने पनि स्पष्ट छैन । सामान्यतया व्यापारिक कम्पनीको वेबसाइट डट कममा डोमेन दर्ता हुने भए पनि यसको वेबसाइट डट नेटमा दर्ता छ । वेबसाइटमा कम्पनीको दर्ता तथा कर्पोरेट कार्यालय, संस्थापक, मुख्य व्यवस्थापक आदिका बारेमा केही उल्लेख छैन । वेबसाइट खोल्नेबित्तिकै गृहपृष्ठमा ‘जहाँ वास्तविकता समाप्त हुन्छ, त्यहाँ कल्पना शुरू हुन्छ’ (अंग्रेजीबाट गरिएको अनुवाद) भन्ने नारा (स्लोगान) देखिन्छ । यसले एबाउट असमा लेखेका कुरा पढ्दा कम्प्युटर गेम निर्माण कम्पनीको जस्तै काल्पनिक कुरा देखिन्छ । त्यसमा ‘हाइपरभर्स लाखौं ग्रहहकरू मिलेर बनेको भर्चुअल मेटाभर्स हो । यसमा सहभागीले साथीहरूसँग जोडिन, विभिन्न संस्कृति र जीवनशैलीको अनुभव गर्न, व्यवसाय शुरू गर्न र ब्रह्माण्डको अन्वेषण गर्न सक्छन्’ लेखिएको छ । यस्ता सहभागीलाई उसले ‘भोयजर’ अर्थात ‘लामो यात्राका यात्री’ भनेको छ । हाइपर र क्रिप्टो हाइपरफन्डलगायत क्रिप्टो इन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इङल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ । हाइपरफन्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन । क्रिप्टो प्रतिबन्धित बन्दै जाने क्रममा टर्कीले कुनै पनि प्रकारको क्रिप्टोमाथि प्रतिबन्ध लगाइसकेको छ । नाममा ‘करेन्सी’ जोडे पनि यो वास्तविक मुद्रा भने होइन । यसलाई डिजिटल मुद्राको स्वरूप भनिए पनि यसलाई कुनै पनि देश र देशको केन्द्रीय बैंकले प्रत्याभूत गरेको छैन । एक देशमा समानान्तर अर्को मुद्रा चल्न सक्दैन । अचम्म के छ भने नाममा करेन्सी धारण गरे पनि यसलाई किन्न जमानती वा कानूनी मुद्रा (फियट करेन्सी) नै चाहिन्छ । अपवादको रूपमा कहिलेकाहीँ क्रिप्टोले क्रिप्टो किनेको भने हुनसक्छ । क्रिप्टो व्यक्ति व्यक्तिबीच हुने कारोबार हो । यो भौतिक अस्तित्व नभएको तरंग मात्र हो । प्राप्त गर्नेले अंक मात्र प्राप्त गर्छ । हुन त शेयर पनि भौतिक स्वरूपमा नभएर अंकमा देखिन थालेको छ । यसलाई देखाएर क्रिप्टो पनि त्यही हो भन्ने तर्क आउनसक्ला तर, यस्तो तर्कको कुनै अर्थ हुँदैन । शेयरलाई कम्पनीले प्रत्याभूत गरेको हुन्छ तर, क्रिप्टो कुनै पनि निकाय वा देशले प्रत्याभूत गरेको हुँदैन । क्रिप्टो नभनिकन क्रिप्टोकै कारोबार गरिरहेको हाइपरफन्डमा शुरूमा प्रवेश गर्नेले केही लाभ पाए पनि पछि प्रवेश गर्नेको लगानी सुरक्षा कसैले पनि गर्न सक्ने देखिँदैन । यसै सन्दर्भमा इङल्यान्डको ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ले यस (हाइपरफन्ड) ले इङल्यान्डमा वित्तीय विकेन्द्रीकरण (डिसेन्ट्रलाइज फाइनान्स) को नाममा अनुमतिविना वित्तीय सेवाका उत्पादन दिएको र यस्ता सेवा दिनका लागि दर्ता भएर अनुमतिपत्र प्राप्त गर्नुपर्ने हालसम्म हाइपरफन्डलगायत कुनै पनि दर्ता नभएको बताएको छ । त्यस्तै, लगानीकर्तालाई पनि चेतावनी दिँदै यस्ता अवैध क्षेत्रमा लगानी गरी हुने वा हुनसक्ने हानिनोक्सानीको जिम्मा लिन नसक्ने बताएको छ । भारत र नेपालमा क्रिप्टो कुनै पनि क्रिप्टोप्रति अनुदार देखिएको भारतले यसलाई शुरूदेखि नै रुचाएको थिएन र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले प्रतिबन्ध लगाएको थियो । पछि सर्वोच्च अदालतले वस्तुसरह कारोबार गर्न अनुमति दिएको थियो । अहिले यसको कारोबार वस्तुसरह भइरहेको छ र सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) लाई कमोडिटीसरह नियमन गर्ने कानुन निर्माण गर्दै छ । पछिल्लो समयमा भारत सरकारले हाइपरफन्डलाइ पनि निगरानीमा राखेको छ । हाइपरफन्डको बारेमा उजुरी आउन थालेपछि आरबीआई, अर्थ मन्त्रालय र सेबी आदिले कुनै पनि क्रिप्टोको कारोबार नगर्न चेतावनी दिएको छ । अर्थ मन्त्रालयले भर्चुअल करेन्सी मुद्रा होइन र यसमा कानूनी शक्ति छैन भनेको छ । त्यस्तै, आरबीआईले पनि कुनै पनि निकायलाई यस्ता करेन्सी (भर्चुअल) को सञ्चालन वा लेनदेनको अनुमति नदिइएको बताएको छ । आरबीआईले आफ्नै आधिकारिक डिजिटल करेन्सी ‘ई–रुपैयाँ’ छिटै जारी गर्ने योजना बनाएको बताएको छ । भारतमा सन् २०१८ मा अमित भारद्वाज र विवेक भारद्वाज नामक दाजुभाइलाई बिटक्वाइन माइनिङ गरेको र ८ हजार व्यक्तिको २ अर्ब भारतीय रुपया ठगी गरेको आरोपमा पुने पुलिसले पक्राउ गरेको थियो । नेपालमा पनि हालै नेपाल राष्ट्र बैंकले भर्चुअल र क्रिप्टोकरेन्सीको कारोबार नगर्न तथा यससँग सम्बद्ध हाइपरफन्डजस्ता विभिन्न नामका नेटवर्क मार्केटिङमा आबद्ध नहुन ध्यानाकर्षण गराएको छ । यस्ता सबै प्रकारका कार्य गैरकानूनी भएको बताउँदै गैरकानूनी वित्तीय औजार भनेको छ । त्यस्तै, गृहमन्त्रालयले ‘गैरकानूनी आर्थिक क्रियाकलाप’ भन्दै क्रिप्टो र हाइपरमा सहभागी नहुन विज्ञप्ति प्रकाशन गरेको छ । इन्टरनेटबाट हुने यस्ता नेटवर्किङ गतिविधिमा संलग्न हुनेलाई कानूनी कारबाही गरिने बेहोरा उल्लेख गरेको छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

नेपाली चिकित्सा विद्यार्थीहरूको सपना र वास्तविकता: कसरी सन्तुलन गर्ने?

मेरो सपना र वास्तविकता बीचमा म फसिरहेको छु। म आफ्नो देश र जनतालाई माया गर्छु र उनीहरूलाई सेवा गर्न चाहन्छु, तर म आफ्नो क्षेत्रमा अगाडि बढ्न र आफ्नो जीवन सुधार्न पनि चाहन्छु। मलाई के गर्नु पर्छ भनेर थाहा छैन। म यहाँ बस्नु पर्छ कि जानु पर्छ?

कर्णालीको वास्तविकता झल्काउने ‘हिमाल खण्डकाव्य’

सिमकोट – साहित्यकार वसन्त रोकायाद्वारा लिखित ‘हिमाल खण्डकाव्य’ कर्णालीको वास्तविकता झल्काउने गरी सार्वजनिक भएको छ। हुम्ला जिल्ला सिमकोट गाउँपालिका – ५ को खाद्यक (तल्लो) गाउँ निवासी रोकायाले जिल्लामै बसेर खण्डकाव्य रचना गरेका हुन्। कृतिमा रोकायाले अध्ययन तथा अन्य सिलसिलामा हुम्लाबाट काठमाडौँ जाँदा भोग्नुपर्ने पीडा र संघर्षको गाथा कोरेका गरेका छन्। खण्डकाव्यमा स्वतन्त्र ढंगले सत्यलाई बाहिर […]

गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : वरिष्ठ नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने। उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र […]

गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका  छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा सोमबार भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने । उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता भएको बताए । उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र

स्थानीय तह प्रदेश मातहत ल्याउने हल्ला कि वास्तविकता ?

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले के साँच्चै स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकार मातहत ल्याउन चाहेको हो ? गत हप्तान्तदेखि सञ्चार माध्यम र सामाजिक सञ्जाल तताएको यस हल्लाको वास्तविकता शनिबारसम्म आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।तर स्थानीय तहसँग आबद्ध सघ÷महासंघ ले भने सरकारले ल्याउने भनिएको साझा कार्यक्रमको लागि गठित कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत हप्ता बुझाएको […]

स्तनपान बारेमा ५ भ्रम र वास्तविकता

संसारभर अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाइदै छ । यस अवधीमा महिलालाई स्तनपानबारे जानकारी दिइन्छ । स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुटका बारेमा दिवसको अवसरमा वास्तविकतासहित प्रकाश पार्नेछौं । भ्रम स्तनको आकार सानो भए बच्चाकालागि पर्याप्त दूध आउँदैन । वास्तविकता स्तनपानकालागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई […]

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छः गृह मन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले दार्चुलाको घट्नाको छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको छ। तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीबारे सार्वजनिक भएका कुराप्रति ध्यानाकर्षण गर्दै मन्त्रालयले सत्य तथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए। गृहले स्थानीय र सुरक्षा निकायलाई छानबिनको लागि आवश्यक निर्देशक दिइसकेको छ।

दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग

काठमाडौं। कांग्रेस दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ। दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्डको पांगल हुँदै खलंगा आइरहेका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभई अमानवीय र आपत्तिजनक समेत भएको कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ। तुइनबाट महाकाली नदी तरिरहेका धामी भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा बेपत्ता भएका छन्।

गायक लकी अलीको निधन ? साथी नफिसा अलीले बताइन् वास्तविकता

कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुले आफन्त गुमाइरहेका छन् । हालै गायक लकी अलीको निधन सोसल मिडियामा मंगलबार बेलुकी अचानक आउन थाल्यो । प्रशंसकले लगातार लकी अलीका लागि ट्वीट गरिरहका थिए । ती सबैले गायकको कोभिड–१९ का कारण निधन भएको बताइरहेका छन् तर यसमा अलिकति पनि वास्तविकता छैन । लकी अलीको निधनको अफवाह उड्ने बित्तिकै गायककी साथी नफिसा अलीले ट्वीटरमा यसबारे वास्तविकता बताउँदै ट्वीट गरिन् ।लाइमलाइटबाट टाढा छन् लकी अलीःस्मरण रहोस्, गायक पछिल्लो केही समयदेखि लाइमलाइटबाट टाढा छन् । लकी अलीको निधनक