पोल्ट्रीको राजधानीमै थला पर्न थाल्यो पोल्ट्री व्यवसाय

२१ पुस, चितवन । पोल्ट्री उद्योगको राजधानी भनेर चिनिने चितवनमा पोल्ट्री व्यवसाय थला पर्न थालेको व्यवसायीहरूले बताएका छन् । देशलाई नै ब्रोइलर कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाएका पोल्ट्री व्यवसायीले कोरोना महामारी र त्यसपछिको गलत सरकारी नीतिको सिकार भएको बताएका छन् । उनीहरुका अनुसार, सरकारले कुनै सहयोग नगरे अर्को वर्षसम्म नेपालका धेरैजसो पोल्ट्री उद्योग बन्द […]

सम्बन्धित सामग्री

पोल्ट्री व्यवसाय संकटमा: व्यवसायी भन्छन्, ‘हाम्रा कुरा कसैले सुनेनन्’

उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए । यो सङ्ख्या घटेर अहिले चार हजारभन्दा तल छ

उठ्नै सकेन पोल्ट्री व्यवसाय

भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए।...

पोल्ट्री व्यवसाय जोखिममा

काभ्रेपलाञ्चोक, १५ पुस । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण गर्नुका साथै पोल्ट्री व्यवसायका चुनौतीबारे छलफल सञ्चालन गरिरहेको छ । हाल सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बालबालिकालाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिने चेतनामूलक […]

सकसमा पोल्ट्री व्यवसाय : बर्डफ्लूको प्रकोप र दानाको मूल्यवृद्धि एकसाथ

काठमाडौं । उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको पोल्ट्री व्यवसायमा बर्डफ्लू रोगको प्रकोप र दानाको मूल्यवृद्धिको असर एकसाथ परेको छ । कोरोना महामारीका कारण २ वर्षदेखि समस्यामा रहेको पोल्ट्री व्यवसायमा पछिल्ला दिनमा दुवै असर एकैसाथ देखिएपछि कुखुरा पालक किसान मारमा परेका छन् । पशुसेवा विभागका अनुसार हाल काठमाडौंसहित भक्तपुर, सिन्धुपाल्चोक मोरङ, सुनसरी, चितवन, उदयपुर, कास्की, लमजुङ लगायत एक दर्जनभन्दा बढी जिल्लामा बर्डफ्लू रोग फैलिसकेको छ, जसबाट सयौं किसान प्रभावित बनेका छन् । विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले स्थानीय तहमा जनशक्ति अभावले बर्डफ्लू नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । त्यसैगरी दानाको मूल्य समेत एक वर्षमा प्रतिबोरा १ हजार रुपैयाँका दरले बढेको छ । दानाका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको मूल्य एक वर्षमा प्रतिकिलो ६५ रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने मकैको मूल्य पनि किलोमै २५ रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । यी सबैको प्रत्यक्ष असर चल्ला, कुखुराको मासु र अण्डामा परिरहेको छ । कोरोना महामारीका कारण समस्या भोग्दै आएका कुखुरापालक किसान अहिले दुईओटा समस्या एकैसाथ आएपछि पलायन हुने सम्भावना बढेको छ । व्यवसायमा आइरहने यस्ता उतारचढावले हरेक वर्ष १० हजार किसान पलायन हुने, तर थौरै संख्यामा मात्र नयाँ किसान थपिने गरेका छन् । अहिलेको असहज परिस्थितिले थप किसान पलायन हुन सक्ने नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । उनका अनुसार विगतकै महामारीको प्रभाव र अहिलेकोे समस्याले किसान धेरै हतोत्साहित भएका छन् । किसानहरू आत्तिएर पेशा छाड्न सक्ने खतरा बढेको उनको भनाइ छ । तर के कति किसानको अवस्था असहज भएको भन्ने यकिन तथ्यांक महासंघसँग नभएको उनले बताए । पोल्ट्री व्यवसाय निकै संवेदनशील भएकाले कुनै समस्या आउनेबित्तिकै अधिकांश किसान हतोत्साहित भएर पलायन हुने गरेको उनले बताए । विगतदेखिकै समस्याका कारण व्यवसायमा घाटा भइरहेपछि ३४० ओटा ह्याचरी उद्योगमध्ये हालसम्म ७० ओटा बन्द भइसकेको ह्याचरी उद्योग संघले बताएको छ । व्यवसायमा यस्तै उतारचढाव भइरहेमा बन्द हुने ह्याचरी उद्योगको संख्या अझै बढ्ने संघका अध्यक्ष टीकाराम पोखरेलले बताए । उनका अनुसार कुखुरापालक किसान व्यवसायबाट निराश हुँदा चल्लाको माग घटेर हप्तामा २५ लाखमा सीमित भएको छ । यसअघि सामान्य अवस्थामा हप्तामा करीब ४२ लाख चल्लाको माग हुने गरेको संघको तथ्यांक छ । कुखुरापालक किसान घटेसँगै ह्याचरी उद्योग समेत बन्द हुन थालेका छन् । तर चल्ला उत्पादन घट्दा बजारमा तयारी मासुको माग बढेको छ । करीब ३ महीना अघिसम्म १८ रुपैयाँमा समेत विक्री नभएको ब्रोइलर चल्लाको मूल्य यतिबेला ८० देखि ९० रुपैयाँ पुगेको छ । मंगलवार ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँ पुगेको छ भने अण्डाको मूल्य समेत बढेर प्रतिगोटा १६ देखि १७ रुपैयाँसम्म पुगेको छ ।

आत्मनिर्भर घोषणा भएको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटमा

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटको अवस्थामा पुगेको छ । दाना बनाउन प्रयोग गरिने मुख्य कच्चा पदार्थ मकै र भटमासको भाउ अन्तरराष्ट्रिय बजारमा आकाशिएको छ भने कुखुरापालक किसानको संख्या ह्वात्तै घटेर चल्लाको माग घटी लागतभन्दा आधाकम मूल्यमा चल्ला विक्री गर्नुपर्ने अवस्था आएको छ । यसबाट व्यवसाय संकटतर्फ उन्मुख भएको बताइएको छ । सरकारले गत चैतमा पशुपक्षीमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर, यही क्षेत्र अहिले समस्यामा देखा परेको छ । दानाको भाउ आकाशिएपछि कुखुरापालन व्यवसायबाट केकति किसानपछि हटे भन्ने यकिन तथ्यांक पोल्ट्री व्यवसायी महासंघसँग छैन । तर, अहिले कुखुरापालक किसानको संख्या ठूलो परिमाणमा घटेको व्यवसायीहरू बताउँछन् । यही कारण ह्याचरी उद्योगहरूसमेत जटिल अवस्थामा पुगेका छन् । महासंघका महासचिव दिनेश मिश्रले दानाको मूल्य आकाशिएसँगै किसानहरूले कुखुरा पाल्न छाडेर चल्लाको माग एकाएक घटेपछि ह्याचरी उद्योगहरू समस्यामा परेको बताए । उनका अनुसार विगत ६ महीनादेखि कच्चा पदार्थको मूल्य निरन्तर बढेर अहिले २ गुनासम्मले बढेको छ र दानामा प्रतिकिलो ६ रुपैयाँका दरले मूल्य बढाइएको छ । ६० रुपैयाँ किलो पर्ने भटमास १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्ने गरेको छ । २८ रुपैयाँ किलो पर्ने मकै ४० रुपैयाँसम्म पर्ने गरेको उनले सुनाए । सरकारले अहिले मकै र भटमास आयात गर्दा लाग्ने भन्सार शुल्क १ दशमलव ६ प्रतिशतबाट बढाएर १० प्रतिशतसम्म पुर्‍याएको छ । ‘दानाको ८० प्रतिशत कच्चा पदार्थका रूपमा प्रयोग हुने मकै र भटमासमा १० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने बाध्यताले पोल्ट्री व्यवसायी अझ बढी हतोत्साहित बनेका छन् । सरकारको यस्तो नियमले पोल्ट्री क्षेत्रलाई धराशयी बन्ने अवस्थामा पुर्‍याएको छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । नेपालमा दाना उत्पादन गर्न आवश्यक पर्ने ८० प्रतिशत मकै र करीब ९९ प्रतिशत भटमास अमेरिका, ब्राजिल र भारतलगायत देशबाट आयात गर्ने गरिन्छ । दानाको मूल्य अत्यधिक रूपमा बढेर कुखुरापालक किसान घटेपछि चल्लाको माग घटेसँगै ह्याचरी उद्योगहरूले चल्लाको उत्पादन लागतभन्दा आधाकम मूल्यमा चल्ला विक्री गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार अहिले ब्रोइलर कखुराको एउटा चल्लाको उत्पादन लागत ५५ देखि ६० रुपैयाँसम्म पर्छ भने विक्री मूल्य २५ रुपैयाँमा झरेको छ । ७० रुपैयाँ लागत लाग्ने लेयर्स कुखुराको चल्ला ४० रुपैयाँमा विक्री गर्न पनि धौधौ परेको उनले बताए । त्यसैगरी ३५ रपैयाँ लागतमा उत्पादन हुने बोइलर चल्ला १० रुपैयाँमा बेच्दा पनि किन्ने मान्छे नभएको उनको अनुभव छ । एक समय ब्रोइलर चल्लाको विक्री मूल्य १ सय १० रुपैयाँसम्म हुने गरेको थियो । विगत ५ महीनादेखि नेपालको पोल्ट्री क्षेत्र ओरालो लागिरहेको उनले जानकारी दिए । नेपाली पोल्ट्री बजारमा सामान्य अवस्थामा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गरेको थियो । हाल यो परिमाण घटेर ३० लाखमा झरेको छ । अहिले यसरी मूल्य घट्नुको पछाडि कुखुरा पालनमा बढी जोखिमका कारण किसानहरूको कम आकर्षण हुनु पनि एउटा प्रमुख कारणका रूपमा रहेको सरोकारवालाहरू बताउँछन् ।

विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाइँदै

चितवन, १५ पुस: कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको पोल्ट्री व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै यसवर्ष यहाँ पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा गरेको थियो । जिल्लाका पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन सुरु […]

आत्मनिर्भर बनेको कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित

सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कोभिड१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र

लकडाउनः पोल्ट्री व्यवसाय मारमा

कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् ।