खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेशका लागि काेराेना खाेप लगाएकाे प्रमाणपत्र अनिवार्य

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र वा पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य भएको छ ।  गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेखेर गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर नेगेटिभ भएको रिपोर्ट भएको अवस्थामा मात्र यात्रा गराउन भनेको छ ।  खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रका ९८ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकेको...