‘साँच्चै गठबन्धन बहुरङ्गी छ, उम्मेदवारको तथ्याङ्क दिन समस्यै छ’

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुसाल समकालीन कम्युनिस्ट नेताहरूमध्ये पुराना र बौद्धिक नेतामा पर्छन् । लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका भुसाल माधव नेपालले नयाँ पार्टी गठन गर्दा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमध्येका एक मानिन्छन् । नयाँ पार्टी पुनर्गठनसँगै लगत्तै चुनावको सामना गरिरहेको यो पार्टी सत्ता गठबन्धनको मुख्य घटक पनि मानिन्छ ।गठबन्धनको सामर्थ्य, आयु र स्वयम् समाजवादीको हैसियत चुनावले निर्धारण गर्दैछ । गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनावको सामना गरिरहेको