नेकपा बाग्मती प्रदेश संसदीय दल विभाजित, प्रचण्ड–नेपाल समूहबाट अष्टलक्ष्मी दलको नेता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश सभामा देखिएको छ ।  मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता डोरमणि पौडेललाई हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार बसेको बाग्मती प्रदेशका प्रचण्ड–नेपालपक्षीय सांसदहरूको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । बाग्मती प्रदेशका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई मुख्...