युक्रेन तनावमा ट्विस्ट : रुसविरुद्ध खनिएको अमेरिकालाई जर्मनी र फ्रान्सले किन पारे निराश ?

युक्रेनको विषयमा रुस र पश्चिमबीचको तनाव चरममा पुगेको छ । युक्रेनमाथि रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै अमेरिका, बेलायत र केही अन्य पश्चिमी मुलुकहरूले सेना तथा हातहतियार युक्रेन र छिमेकी मुलुकहरूमा पठाउन थालेका छन् ।  यसैबीच युद्धको आशंकालाई प्रबल बनाउने गरी युक्रेनको राजधानी किएभबाट अमेरिकी दूतावासका अधिकारी तथा तिनका परिवारलाई निस्कन अमेरिकी सरकारले निर्देशन दिएको छ । अनि अमेरिकी नागरिकहरूलाई युक्रेन नजान पनि अमेरिकाको यातायात मन्त्रालयले सल्लाह दिएको छ । यसैबीच बेलायतले पनि युक्रेनमा रह...