काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुल दशैँअघि नै पुनः सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। आइतबार बिहान आएको बाढीले पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर लामो आरसीसी संरचना बगाएको थियो। बाढीबाट पुलको ट्रस संरचना भने सुरक्षित रहेकाले सोही संरचनाको उपयोग गरी बेलिब्रिज जडान गरेर यातायात […]
काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट दुइदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख […]
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद् जोखिम न्यूनीकरणका लागि विद्यमान कानुन तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताएकी छिन्।
काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न थालेको छ । असोज २५ र २६ गते दुई दिनमा मात्रै उपत्यकाबाट १ लाख ९ हजार ६३६ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार थानकोट–नागढुङ्गा, साँगा र दक्षिणकालीलगायतका नाकाबाट उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन् […]
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. २ हजार २०० ले घटेर रु. २ लाख ९२ हजार २०० कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. ६० ले घटेर रु. ४ हजार ३५५ कायम भएको महासङ्घले जनाएको छ। सोमबार छापावाल […]