प्युठान – प्युठानको झिमरुक गाउँपालिकाका मौलिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले काठमाण्डौमा कला तथा तस्बिर प्रदर्शनी सम्पन्न भएको छ ।
झिमरुकको गौमुखी गुफा, तुषाराको रक गार्डेन, ओखरकोट, काउछे दरबार लगायतका सम्पदा, झिमरुकफाँट, स्थानीय शैलीका घर र गाउँ तथा मौलिक पोसाक लगाएका वृद्ध–पुराना व्यक्तिलाई समेटेर तयार पारिएका कला र तस्बिर काठमाण्डौको आर्ट काउन्सिलमा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा एक्रेलिक रङ्ग, काष्ठ प्रिन्ट कला, फोटोग्राफी र आलोक चित्रमा १० जना कलाकारले तयार पारेका कला र तस्बिर राख...