नेपालकै जेठो उद्योग विराटनगर जुट मिल : जसलाई लोकतन्त्र फापेन !

नेपालमा १०४ वर्षसम्म जहानियाँ शासनमार्फत जनतामाथि अत्याचार थोपरेका राणाहरूले केही राम्रा काम पनि गरे । विद्यालय, अस्पताल र सडक पूर्वाधार लगायत विकासका कामको थालनी राणाहरूले नै गरेका थिए । राणाहरूले गरेका तिनै काममध्ये एक थियो : वि.सं १९९३ सालमा विराटनगर जुट मिल स्थापना गर्नु । यो जुटमिल नेपालकै पहिलो उत्पादनमूलक उद्योग हो, जसलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर राणाले स्थापना गर्न लगाएका थिए ।८५ वर्षे इतिहास बोकेको यो उद्योग अहिले बन्द भइसकेको छ । अर्बौं रुपैयाँ बराबर सम्पत्ति अलपत्र छ । य