नफल्ने धानको बिउ बेच्ने कम्पनीलाई कृषि मन्त्रालयले कारबाही गर्न सकेन, उद्योगसँग हारगुहार

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कालीमाटीमा रहेको काष्ठमण्डल ट्रेड प्वाइन्टलाई कारबाही गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहयोग मागेको छ । काष्ठमण्डलले सिफारिस नै नगरिएको ठाउँमा चिनियाँ कम्पनीको ‘डीवाइ २८’ जातको धानको बिउ बेचेको थियो । किसानलाई क्षतिपूर्ति दिनुको साटो कानूनअनुसार सजाय भोग्ने बताएपछि कृषि मन्त्रालय उद्योग मन्त्रालयलाई गुहारेको हो । त्यो धानको बिउ लगाएपनि दाना नलागेपछि किसान बिचल्लीमा परेका थिए । त्यसपछि किसानले आन्दोलन गरेक