लोप हुँदै गएको पिङ, यसवर्ष छिटफुट पिङमा रमाउदै (फोटो फिचर)

आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।