धनगढी : रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने निर्णय गरेको छ। सोमबार पार्टीले संघ र प्रदेशमा बाहिर बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता दामोदर पण्डितले संस्थापक चौधरीसँग डिल्लीबजारमा भएको छलफलपछि सरकारमा नजाने तर समर्थन गर्ने निर्णय भएको जानकारी दिए।आज रेशमले सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागारमै बोलाएका थिए। आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात द