उपप्रधानमन्त्री इश्वर पोखरेलले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कूटनीतिक पहल तीव्र पारेका छन् ।यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच बिहीबार टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरे । नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम […]