प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपाउने बताएकी छिन् । बिहिबार डडेल्धुरामा भएको कार्यक्रममा बोल्दै उनले हरुवा पार्टीलाई भोट नहाल्न पनि आग्रह गरिन् । राणाले भनिन्– ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ । यो कुरालाई पनि ध्यान दिएर यो करुवा, सरुवा, हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’ उनले प्रधानमन्त्री देउवाले डडेल्धुरामा ३१ करोड रुपैयाँ बजेट पारेको बताउँदै काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने बताइन