साल्ट ट्रेडिङको नाफामा झण्डै ६५ प्रतिशत गिरावट

अघिल्लो वर्षको तुलनामा यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा झण्डै ६५ प्रतिशत गिरावट आएको छ ।  कम्पनीले जारी गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार कर्पोरेसनले अघिल्लो वर्षभन्दा ६४.९४ प्रतिशतले कम नाफा कमाउँदै ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसवर्ष बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । गत वर्ष साल्टले बिक्रीबाट २ अर्ब ३० करोड रुपैया